News Portal

कर्णालीमा काँग्रेस बलियो बनाउन विद्यार्थी जागरण अभियान सुरु हुदै

हिमाली संचार संवाददाता
८६३ पटक

काठमाडौं – नेपाली कांग्रेसको संगठनमा निकै नै कमजोर प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशमा बलियो कांग्रेस बनाउन नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशका नेताहरू आत्मीयता सहितको एकता र आत्मा अनुशासन सहितको सहकार्यको अभियान लिएर प्रदेश जाने भएका छन् ।

काठमाडौको पद्यकन्या क्याम्पसमा शनिवार आयोजना भएको नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशस्तरीय भेलाले भदौ ९ गते राजधानीमा कर्णाली प्रदेश स्तरीय बृहत भेला गर्ने र भदौ अन्तिम साता प्रदेशको राजधानी सुर्खेतमा कर्णाली प्रदेश स्तरीय नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

भेलालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघ गुट भन्दा माथी उठेर कांग्रेसलाई बलियो बनाउन प्रदेशमा रहेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रशिक्षण दिने बताए।

भेलामा जाजरकोट नेपाली कांग्रेसका युवा नेता बेदराज सिह, कालिकोट नेपाली कांग्रेसका युवा नेता टेकराज शाही, सुर्खेत नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र केसी, नेबिसंघका केन्द्रिय सदस्यहरु खडक बिसि, राजेश केसी, पूर्ण शाही, सुवास कठायत लगायत कर्णाली प्रदेश नेपाल विद्यार्थी संघका पाँच दर्जन नेताहरुको उपस्थिति भएको थियो। भेला नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...