News Portal

प्रदेशिनुको पीडा, अनि रोइरहेको आत्मा !

ओम पाण्डे
८०० पटक

असिमित सपनाहरुको भारी कस्दै आँखाबाट साउनको वर्षा बर्षाउँदै समयको रफ्तारसंग बढिरहेछन पाइलाहरु।`सपना` कस्ले देख्दैन र …….? उसकापनी अनेक सपना अनि चाहना थिए। आर्थिक अवस्था कमजोर भएका कारण चाहनाहरु आफैमा भासिएका थिए। टुटेका सपना अनि भासिएका चाहनाहरुलाइ उद्धार गर्ने एकमात्रै बिकल्प थियो`बिदेशीनु´आफ्नो श्रम बेचेर खुशी किन्ने उद्देश्यले देश, परिवार अनि आफ्नो ज्यानको माया पुरानो तिजोरिमा बन्द गरि खाली झोला बोकेर बिदेशिन्छ।

सपनाको देशमा जान त उसको योग्यताले दिएन तेसैले उ खाडितिर जान्छ। बिदेशीनु उसको चाहना नभइ खुशी किन्ने बाहाना, बाध्यता थियो। स्वच्छ अनि सुन्दर वातावरणमा हुर्केको उ जुनसुकै रितुमा पनी चैतको खडेरि भन्दा उजाड अनि रुखो लाग्ने देशमा तातो हावा चलिरहने यस्तो ठाउमा कसरी कमाउन सकुला म (मनमनै सोच्दैथियो)। देश, परिवार अनि साथिभाइ सङ्ग छुट्टीनुको पिडामा बालुवा मिस्सिएको त्यो तातो हावाले झन् झन् पोल्दै जान्थ्यो। घरीघरी सोच्थ्यो कि आजै घर फर्कन्छु तर बाध्यताले पछार्थ्यो। हजारौंको भिडमा पनि उ एक्लो जस्तो लाग्थ्यो किनकी सबैजना अन्जान थिए उसका लागि तरपनी आफ्नो मनलाइ सम्हालेर काम गर्छ। अरुको अधिनमा बस्नुपर्ने केही काम बिग्रीयो भने पैसा काटिदिन्थ्यो। जिन्दगी यस्तैगरी कारागार भन्दा पनि कडा सजायमा बितिरहेको थियो।

एकदिन १६ घन्टा लगातार काम गरेपछी कोठामा जान्छ। एसीको चिसो हावा उसकोलागी स्वर्ग साबित हुन्थ्यो। थकान अनि पिडाहरुले तातेको उसको शरीर बनावटि चिसो हावाले सेलाउदै जान्छ कतिखेर निदायो पत्तै पाएन उ ।बिहान एक्कासी बिउझिन्छ कोठाभरी मानिसहरुको भिड देख्दा अचम्मित हुँदै खाटबाट झर्छ के भयो र .. उसले सोध्छ कसैको मुखबाट उत्तर पाउदैन ।

लाग्थ्यो कि सबैजना रिसाएका छन् ..। सबैजनाको नजर उसको बिस्तारामाथी हुन्छ के रहेछ भनी उसले पनि हेर्छ …!..उ भयभीत हुन्छ किनकी उसको शरीर काठको ठुटोझै पल्टेको थियो। आफ्नै शरीर अचेत अवस्थामा देख्दा उसले सोच्छ ..यहि नै मृत्यु हो! उ डराउछ ..उ कराउछ..सबैलाइ आफ्नो ब्यथा सुनाउन खोज्छ..अह… कसैले सुन्दैन उसलाई, कसैले हेर्दैन उसलाइ …।

उसको शरीरले त साथ छोडेर गयो भने अरु कस्ले गर्ला उसलाइ माया कस्ले सुन्देला र उसको ब्यथा। अनि आफ्नो परिवार सम्झन्छ। यहाँ त उसको लागि आँसु झार्ने पनि कोहि थिएनन् । किनकी सबैका लागि उ अन्जान थियो। उसको आमाले उसकालागी देखेका सपना, बुवाको आशा, दाइ दिदिहरुको माया अनि साथीभाइसङ्गको मित्रताका साथमा उसको आत्मा …पानीको स-साना कण जस्तै हावामा बिलिन भैरहेका थिए।

आमाले सोध्नुहुन्थ्यो ….कहिले आउछ्स कान्छू?
सान्त्वना दिदै उसले भन्नेगर्थ्यो कि ….छिटै फर्कन्छु आमा ..अब कहिले हजुरबाट टाढा हुनेछैन .. जति दुख पर्छ मिलिजुली गरौला नि …सधै यस्तै भन्छ्स …कुरा गर्न त कस्ले जित्छ र तलाइ.. सारै देख्न मन लागेको छ बाबू छिटो आइज है।

आज उसका ती सबै बाचाहरु अधुरा भैदिन्छ्न। उसको शरीर त घर फर्कन्छ तर अचेत अवस्थामा एउटा रातो अनि चिसो बाकस भित्र । उस्ले सबै देख्छ तर उस्लाई कसैले देख्दैनन, उस्को आत्मा रोइरहेको छ तर कसैले सुन्दैनन, बाबासंगको बाचा, आमाको मातृत्व, दाजुभाई दिदी बहिनिको ममता, साथिहरुको मितब्ययिता, छोराछोरिको प्यारले भनेका शब्द, आफ्नै जिबनसाथिसंग बिताएका ती प्रेमयुक्त दिन सम्झिदै गर्दा भौतिक शरीर आगोमा बलिरहेको हुन्छ।

हाल : सात समुन्द्रपारी
         साउदी अरेबिया

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...