News Portal

बाबुराम र उपेन्द्रले भने, संविधान संशोधन नभए सडक आन्दोलनमा जाने

हिमाली संचार संवाददाता
४६९ पटक

बाँके-समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले उदासिनता देखाएको बताए ।
सङ्घीय परिषद्का अध्यक्षसमेत रहेका डा भट्टराईले कम्युनिष्ट र काङ्ग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढेको बताउँदै सरकारसँग अहिलेसम्म भएका सम्झौता पालना गर्नुपर्ने धारणा राखे ।

त्यस्तै अर्का अध्यक्ष  एवम् उपप्रधानमन्त्री यादवले भने, “संविधान संशोधन गर्न प्रधानमन्त्रीले लिखित सम्झौता नै गर्नुभएको छ । तर उहाँ सम्झौताविपरीत अघि बढिरहनुभएको छ । हामी अन्तिमपटक उहाँलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छौ, त्यसो नभए सरकार छाडेर आन्दोलनमा जानुको विकल्प छैन ।”
संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएकाले तत्काल सहमति कार्यान्वयन गर्न यादवले माग गरे।

अभिमुखीकरण कार्यक्रममा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षद्वय नवराज सुवेदी, पर्शुराम खापुङ, महासचिव गङ्गानारायण श्रेष्ठ, सचिव एवं शहरी विकासमन्त्री मो इश्तियाक राईलगायतले सङ्घीयताको जननी तराई–मधेस नै भएको दाबी गर्दै केही शक्तिहरु सङ्घीयता विघटन गर्ने दिशामा अघि बढेको धारणा राखे । कार्यक्रममा प्रदेश नं ५ का विभिन्न जिल्लाबाट अगुवा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...