News Portal

सञ्चारमैत्री कानून बनाउन सरकारलाइ देउवा र प्रचण्डको आग्रह

हिमाली संचार संवाददाता
४३८ पटक

काठमाडौं : दुई ठूला राजनीतिक दलका नेताहरुले सञ्चारमैत्री हुने गरी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु स्वतन्त्र प्रेसको पक्षमा रहेको बताउनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउन आफ्नै निवास वुढानिलकण्ठ पुगेका पत्रकारसँग उहाँले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी पनि गर्नुभयो ।

नेकपा अध्यक्ष दाहालले आफ्नै निवास खुमलटारमा महासंघको ज्ञापनपत्र बुझ्दै प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरि कानून निर्माण गर्न सरकारसँग छलफल गर्ने आश्वासन दिनुभयो । प्रेस स्वतन्त्रताको प्रत्याभुतिका लागि सरोकारवालासँग छलफल गरेर मात्र कानून बनाउनुपर्ने उहाँको जोड थियो ।

महासंघले बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानून, नीति, नियम बनाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...