News Portal

कविता – उम्रन त उम्रन्छ…

हिमाली संचार संवाददाता
५४६ पटक

उम्रन त उम्रन्छ
तिमीले न रोपेपनि
तिमीले रोपेपछि पनि उम्रन त उम्रन्छ
रोपेर मात्रै छाडिदियौ भने पनि
तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ
फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन ।

तिमीले रोपेका हुर्कनुलाई
न रोपेरै उम्रनेहरूलाई उखेल जरैदेखि
फेरि पनि उम्रन्छ अरू त्यस्तैत्यस्तै गरी
फेरि उखेल तिमी पनि त्यस्तै त्यस्तै गरी
उखेली बस अझै उखेली बस अन्तसम्म
अन्तत तिमी दशैं मानेरै छाड्ने छौ ।

तिमीले रोपेका जीवनहरू
हेर त कसरी तिमीसङ्ग्सङ्गै मुस्कुराईरहेछ
तर जीवन मार्न उम्रएका मृत्युहरू
ऊ हेर त कसरी निरास छन्
तर तिमी मुस्कुराई रहेका छौ ।

फुल्न त काँडाहरू पनि फुलेकै त हुन्छन्
हेर त तिम्रो हत्केलामा जीवनका फूलहरूफुल्न
त्यही काँडाहरू उखेलर फाल्नु परिरहेछ
मृत्यु जीवन भन्दा पहिले पनि थियो
र जीवन पछि पनि छ मृत्यु नै मृत्यु वरिपरि
त्यसैले त तिमी उखेल्न काम गरिबस
मृत्यु स्वत आफै हार खानेछ ।

केवल फुल्ने छ
जीवनका फूलहरू उद्यानै भरिएर
उम्रन त उम्रन्छ तिमीले न रोपेपनि
उम्रन त उमृन्छ तिमीले रोपेपनि
किनकि, समृद्धिको बाटोहरू खनिरहँदा
थुप्रैथुप्रै काँडाहरू पन्छाउनु पर्ने हुन्छ ।।

राजबाबु श्रेष्ठ ‘सागर’
महोत्तरी, गौशाला न. पा. वडा न. १

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...