उम्रन त उम्रन्छ
तिमीले न रोपेपनि
तिमीले रोपेपछि पनि उम्रन त उम्रन्छ
रोपेर मात्रै छाडिदियौ भने पनि
तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ
फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन ।
तिमीले रोपेका हुर्कनुलाई
न रोपेरै उम्रनेहरूलाई उखेल जरैदेखि
फेरि पनि उम्रन्छ अरू त्यस्तैत्यस्तै गरी
फेरि उखेल तिमी पनि त्यस्तै त्यस्तै गरी
उखेली बस अझै उखेली बस अन्तसम्म
अन्तत तिमी दशैं मानेरै छाड्ने छौ ।
तिमीले रोपेका जीवनहरू
हेर त कसरी तिमीसङ्ग्सङ्गै मुस्कुराईरहेछ
तर जीवन मार्न उम्रएका मृत्युहरू
ऊ हेर त कसरी निरास छन्
तर तिमी मुस्कुराई रहेका छौ ।
फुल्न त काँडाहरू पनि फुलेकै त हुन्छन्
हेर त तिम्रो हत्केलामा जीवनका फूलहरूफुल्न
त्यही काँडाहरू उखेलर फाल्नु परिरहेछ
मृत्यु जीवन भन्दा पहिले पनि थियो
र जीवन पछि पनि छ मृत्यु नै मृत्यु वरिपरि
त्यसैले त तिमी उखेल्न काम गरिबस
मृत्यु स्वत आफै हार खानेछ ।
केवल फुल्ने छ
जीवनका फूलहरू उद्यानै भरिएर
उम्रन त उम्रन्छ तिमीले न रोपेपनि
उम्रन त उमृन्छ तिमीले रोपेपनि
किनकि, समृद्धिको बाटोहरू खनिरहँदा
थुप्रैथुप्रै काँडाहरू पन्छाउनु पर्ने हुन्छ ।।
राजबाबु श्रेष्ठ ‘सागर’
महोत्तरी, गौशाला न. पा. वडा न. १