News Portal

कबिता – मरूभूमिकाे बस्ती !

हिमाली संचार संवाददाता
६६३ पटक

सुनसान मरूभूमि जस्तो
त्याे जहरकाे बस्तिबाट
सन्ध्याकालिन प्रहरसगै
घरकाे माथिल्लाे तला
चारै दिशा झकी झकाउ
जाे अाकाश माथि
बेफुङ बनी यता र
उती झुन्ड झुन्ड भई
यो बादल
तारा बाजि लै लै खेल्दै अाफ्नै
गन्तब्यकाे दाैड सगै
यहि ताताे हावा
तातै पानी बदल्दै प्रखर
चिसाे सिरैटाे सग
मितेरी गास्दै हराउछ

घरघरैकाे द्वार्पालबाट
चिहाउदा पलभरमै
यि अाँखाहरूमा
टुङ् मार्न अाई पुग्छन्
बिजुलिका पाेलहरूबाट
चम्कीएका शान्तिका
ज्वालाहरू माथि अाकाश
तिर फाल्दै जन्मीएकाे याे
नव रात्री अन्धकारलाई
चिथाेर्दै तिनै रङगी बिरङगी
सपङगाे संसारलाई बाेकेर
अाफ्नै तस्बिरले अाधा
अाकाश उज्यालाे बनाउदै
जादा कतै चैत मासे
खडेरिमा पनि यिनै
निल काडाका बाेटहरू
मुना हाल्न पछि पर्दैनन

शहरै शहरकाे बस्ती
चक्रेटाे अलकत्रे बाटाहरू
सुस्केरालाई फाकाे मार्दै
अाफ्नै गन्तब्यलाई तहनस
पार्दै अंगालाे मार्ने मानबता
घरकाे टुडाल र अाँखी
झ्यालहरूमा सुस्थाएका
चिरबिरेका दम्पतिहरू
बिहानीकाे पहिलाे
प्रहरमै डाकाे छाेड्ने
अठाेट बाेकी रात्रि कालिन
सिरैटाे लाई अाफ्नै प्वाखले
हम्काउदै निन्द्रा देबिकाे
काख पाेल्टामा झुल्छन्

जहरै जहरकाे बस्ति
मनाेरम मरूभूमिका
सन्नाटाहरू हाते मालाेमै
रातहरू बिताउने गर्छन्
दिनलाई रातमा बदल्न खाेजेर
खिस्स हाँसाे फाली
रात्री कालीन प्रहरले
स्वागत गरि रहेकाे हुन्छ
तिनै गगन चुम्मि घर
भित्रका डिनर पिलेटसगै
उल्लासकाे हाँसाे फाल्दै
अाकाश तिर फर्केर अनि
काेरी बाटि सगै रंगीएका
लजालु अाेठ टाेक्नेहरूकाे
भिडभाडमा सपनाका
अास्था बाेक्ने हरू
काेही अाकाश माथि उड्दै
गन्तब्यकाे बास चन्द्रमामा
बिसाउँन पुग्छन् काँधमा
झाेला अनि पाैरखी हात सुर्के
प्रकृति माथि डढास दिदै
बुढाैलि र अल्लरेलाई
बिर्सि बालापनलाई
सम्झाना गर्दै
सुनसान मरूभूमीकाे
त्याे जहरकाे बस्तिबाट…….

– जानुका खतिवडा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...