News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • डेढ वर्ष सम्म बाचा पूरा नगरेका मन्त्री बस्नेतले ५ बर्षमा गर्लान ?

    हिमाली संचार संवाददाता
    ३२८ पटक

    जाजरकोट, २७ चैत : वन तथा वातावरण मन्त्री एवम संघीय संसदका लागि जाजरकोटवाट निर्वाचित साँसद शक्तिवहादुर वस्नेतले डेढ वर्ष अघि चुनावी प्रचारका क्रममा गाउँ गाउँमा गएर भनेका थिए “मैले चुनाव जितेको एक वर्ष भित्र खलंगा देखि रिम्ना, खलंगा देखि पाँचकटिया र छेडा देखि थलह सम्मका तीनवटा सडक कालोपत्रे गर्छु ।

    गत वर्षको मंसिर २० गते संघीय संसदको निर्वाचनमा विजयी भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात जिल्ला अदालत जाजरकोटको प्रांगणमा पत्रकारहरुसंग फेरि त्यहि वाक्य दोहोरयाएर वस्नतेले भनेका थिए “अवको एक वर्ष भित्र रिम्ना, पाँचकटिया र थलह सम्म कालोपत्रे गराउछु ।

    १ वर्ष भित्रै सडक कालो पत्रै हुन्छ त? भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै पटक पटक सोहि वाक्य दोहोरयाउदै वस्नेतले भनेका थिए “ हुन्छ म गराउछु” । अहिले वस्नेतले चुनाव जितेको एक महिना कम डेढ वर्ष भएको छ भने संघीय सरकारको मन्त्री भएको १३ महिना वितिसकेको छ तर उनले एक वर्ष भित्र कालोपत्रे गर्छु भनेका कुनै पनि सडकमा कालोपत्रे गर्ने कामको सुरसार नै छैन ।

    वजेट र कार्यक्रम नभएको भन्दै सरोकारवाला निकायले ती सडकमा कालोपत्रेको काम नभएको वताउने गरेका छन् । सडक डिभीजन कार्यालय चौरजहारीका डिभिजन इन्जिनियर नरेन्द्र भट्टले खलंगा रिम्ना र खलंगा पाँच कटियाको लागि तत्काल कालोपत्रे गर्ने कुनै वजेट र योजना नभएको वताए । उनले खलंगा रिम्ना हुदै रुकुमको चिसापानी सम्म २८ किलोमिटर सडक कालोपत्रेको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको तर त्यो स्वीकृत हुने नहुने कुनै टुंगो नभएको वताए ।

    डिभिजन इन्जिनियर भट्टले खलंगा पाँचकटिया सडकको लागि हुमपाइप राख्न, वाल लगाउन र ग्रावेल गर्नका लागि दुइ करोड रकम रहेको तर कालो पत्रेको कुनै योजना नभएको जानकारी दिए । यस्तै डिभिजन इन्जिनियर भटटका अनुसार छेडा देखि थलह सम्मको सडक कालो पत्रे गर्नका लागि एक करोड वजेट छुटिएकोले सो वजेटले थलह सम्म कालोपत्रे गर्न नसिकने वताए ।

    उनले छेडाचौर देखि नै पुनः कालोपत्रे गर्नु पर्ने भएकोले उक्त रकम थलह सम्म जाने सडकको आधाको आधा पनि नपुग्ने वताए । सडक वनेको ८ वर्ष सम्म गतिलो स्तरोन्नति नभएर ज्यादै विग्रदो र जोखिमपुर्ण रहेको खलंगा देखि पाँचकटिय र खलंगा देखि रिम्ना सडकमा यात्रा गर्ने सर्वसाधारण जनताले यात्राका क्रममा सास्ती पाउदा मन्त्री वस्नेतको वाचा संझदै तिव्र आक्रोस पोख्ने गर्छन् ।

    मन्त्रीले चुनाव जितेको एक वर्ष भित्र कालोपत्रे गर्छु भन्थे तर अहिले सम्म सडक जस्ताको तस्तै छ झन विग्रदै गएको छ, स्थानीय यातायात व्यावसायी रमेश चन्दले भने । ८ वर्ष अघि निर्माण भएको खलंगा पाँचकटिया सडकको वाहुनथान देखि राङसी नाउली खण्ड निकै अप्ठेरो भएका कारण वर्षातमा वन्द हुने र अन्य वेला वस चल्ने सम्भावना नै नभएको उनले वताए ।

    चन्दले खलंगावाट पाँचकटिया जाने सडकमा साना गाडी पनि असुरक्षित रुपले चल्ने गरेको र सडक सुधार गर्ने र स्तरोन्नति तर्फ लामो समय सरोकारवाला निकाय कानमा तेल हालेर वसेको आरोप लगाए ।करोडौं खर्चिएका सडकहरुमा एक दशक वित्ने वेला सम्म वस चल्न नसक्नु, विग्रेका सडकमा जनताले चरम सास्ती भोग्दा पनि सरोकारवाला निकाय मौन रहनु निकै दुखको कुरा रहेको सत्तारुढ नेकपाका एक कार्यकर्ताले वताए ।

    वाचा गर्ने भन्दा काम गरेर देखाउने चलन कोहि नेतामा देखिएन उनले भने । तिन वटै सडकहरु यस आर्थिक वर्ष मात्र होइन अर्काे आर्थिक वर्षमा पनि कालो पत्रे हुने सम्भावना नभएको सडक विभागका अधिकारीहरु वताउछन् । उता वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतले आफुले गरेको वाचा आफनो कार्यकाल भरि पुरा हुने वताए ।

    मन्त्री वस्नेतले भने “रिम्ना सम्मको सडकका लागि आगामी वर्षमा काम सुरु हुने गरि वजेटको व्यवस्था हुने र अन्य सवै सडकमा आफनो ५ वर्षे कार्यकाल सकिने वेला कालोपत्रे भइसक्ने छ ।” वस्नेतले आफुले जनताका माझ गरेको वाचा नभुलेको भन्दै जाजरकोट देखि डोल्पा, जाजरकोटको भुमिमा रहेको मध्यपहाडी लोकमार्ग, खलंगा देखि पैंक सम्मको सडक, छेडाचौर देखि जुनीचाँदे सम्मको सडक सवैमा आफनो कार्यकाल भरि कालोपत्रे गराएरै छोड्ने वाचा दोहोर्‍याए ।

    सडक डिभीजन कार्यालयका अधिकारीहरुको जाजरकोटका सडकहरु कालोपत्रे गर्ने वजेट र योजना तत्काल नभएको भन्ने भनाइ सहि नभएको मन्त्री वस्नेतले वताए । वजेटको व्यवस्था हुन्छ जनताले देख्ने गरि काम पनि हुन्छ मन्त्री वस्नेतले भने ।वर्षातका वेला मन्त्री वस्नेतको भेरी नगरपालिका वडा नम्वर १ कालेगाउँ स्थित घर नजिकैको सडक विग्रिएर डोरीले गाडी तान्नु परेको विषयलाइ लिएर स्थानीयले उनको व्यापक आलोचना गरेका थिए ।

    नेकपाका तर्फवाट कर्णाली प्रदेश सभाकाका लागि जाजरकोट क वाट निर्वाचित साँसद गणेशप्रसाद सिंहले वन मन्त्री वस्नेतसंग गतिलो पहुच भएर पनि वाचा पुरा गर्न नसकेको वताए । उहाँले काम गर्न नसकेको हो कि वास्ता नगरेको हो ? साँसद सिंहले भने । क्याविनेट मन्त्रीले चाहेमा आफुले गरेका वाचा पुरा हुन सक्छन् उनले भने । यस्तै कर्णाली प्रदेश सभाकै लागि जाजरकोट ख वाट निर्वाचित साँसद करवीर शाहीले जिल्लाका ठुला सडक योजनाहरुमा संघीय सरकारले हस्तक्षेप गरेर कामै नगरेको वताए ।

    संघीय सरकार कै कारण जिल्लाका ठुला सडक योजनाहरु लामो समय अलपत्र पर्ने र यसवारे पहुचमा रहेकाहरुले ताकेता गर्न जरुरी रहेको सासँद शाहीको भनाइ छ । वर्षातमा अत्यधिक हिलो र अन्य वेला धुलोका कारण सडक विग्रेको अवस्था देखेर जाजरकोटका सर्वासधारणले मन्त्री वस्नेत लगाएत सवै जनप्रतिनिधिहरुको चर्काे आलोचना गर्ने गरेको स्थानीय दुर्गावहादुर श्रेष्ठले वताए ।

    जिल्लाका विभिन्न सडकहरु गुणस्तरहिन भएर पटक पटक दुर्घटना हुने गरे पनि सडक सुधार गर्ने तर्फ कसैले चासो नलिनु निकै दुखद भएको श्रेष्ठले गुनासो गरे ।

    प्रतिकृया दिनुहोस्

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...