News Portal

समानुपातिकका कारण ‘दास’हरुले मौका पाए : कांग्रेस नेता भण्डारी

हिमाली संचार संवाददाता
२६६१ पटक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सही राजनीतिक नेतृत्व निमार्णका लागि संविधान नै अवरोधक बनेको टिप्पणी गरेका छन् ।

पछाडि परेका समुदाय, वर्ग, क्षेत्र, लिङ्गका मनिसहरुलाई राज्यको मूल धारमा ल्याउन समानुपातिक समावेशीको व्यवस्था गरिएको भएपनि नेतृत्वले दुरुपयोग गरेको उनले बताए । भण्डारी भन्छन्, ‘यही व्यवस्थाका कारण राजनीतिमा क्षमता भएकाहरुले नभई दासले अवसर पाउने अवस्था बनेको छ ।’

नेपाल विद्यार्थी संघमा अधिवेशन माग गरिरहेकाहरुले बुधबार राजधानीमा गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भण्डारीले गरेको सम्वोधनको सम्पादित अंश :

केन्द्रीय समितिको वैठकमा कुरा उठाएका छौं, युवा नेताहरुको छुट्टै वैठक बसेर नेतृत्वलाई ध्यानाकर्षण गरिरहेका छौंं कि नेपाल विद्यार्थी संगठनको महाधिवेशन समयमै गर्नुपर्‍यो । तर, सुनेको होइन । अहिले पार्टी नेतृत्व नै गलत भएका कारण कांग्रेसको यो हविगत भएको हो भन्ने मलाई लाग्छ । कांग्रेस भित्रको यही किचलोका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमतसहित सरकारमा पुगेको हो ।

हाम्रो नेतृत्वले संस्थागत रुपमा पार्टीलाई चलाउन सकेको भए चुनावमा त्यस्तो परिणाम भोग्नु पर्दैनथ्यो । हामीले के गरेका छैनौं ? सरकार चलायौं, पार्टी चलायौं तर सही ढंगले चलाउन सकेनौं । त्यही कारण संसारबाट हराएका साम्यवादीहरु नेपालमा चुनावबाट सत्तामा पुगेका हुन् ।

यसको कारण हो, हाम्रो नेतृत्व गलत थियो । हाम्रो नेतृत्व समयअनुसार चल्न सक्दैनथ्यो । विपी, गणेशमान, सुर्वणशम्शेरहरुको पार्टीमा अहिलेको नेतृत्व के भएको ?

नेताहरु गुट लिएर अगाडि बढ्न हुँदैनथ्यो । संस्थागत रुपमा पार्टीलाई चलाउन सक्नुपथ्र्यो, जुन हुन सकिरहेको छैन । मैले त पटक-पटक भन्ने गरेको छु, रामचन्द्र पौडेललाई समेत सहमतिमा लिएर सभापति शेरबहादुर देउवा अगाडि बढ्न सक्नुपर्छ । तर, त्यस्तो देखिरहेका छैनौं ।

नेतृत्वले सही र गलत जे भए पनि त्यसको जस र जिम्मेवारी लिनुपर्छ । त्यो समेत हाम्रो नेतृत्वमा छैन । सभापतिलाई कयौं पटक भनेँ चुनावी हारको जिम्मेवारी लिनुस् तर, मान्नुभएको छैन ।

कतै गलत विरुवा त रोपिएन भन्ने शंका लागेको छ । चाहे त्यो नेविसंघमा होस वा केन्द्रमा ।

देशभरमा विद्यार्थी संगठनहरुमा तीन अध्यक्षका दाबेदार छन् भन्ने खालका हल्ला सुन्छु । यस्तो पनि हुन्छ ? कसका कारण भयो ? केन्द्रको रोग सरेको होइन र ? यही कारण केपी ओली सत्तामा पुगेका हुन् भन्ने नेविसंघका विद्यार्थीहरुले बुझ्नुपर्छ । पार्टी नेतृत्वले गरेका गलत कामहरुको सिको गर्ने र नेताहरुको पछि लागेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्छु भने जस्तो गर्नुहुन्न । नयाँ ढंगले आउनुपर्छ । हाम्रो गलत स्कुलिङ छ, त्यसको पछि लाग्नु हुँदैन ।

सत्य कुरा तीतो हुन्छ । तर, कांग्रेस अहिलेकै पाराले अघि बढ्यो भने अझै कमजोर हुन्छ । त्यसकारण विद्यार्थीहरुले नेतृत्वलाई सही बाटोमा अगाडि बढ्नेगरि आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । तर, आजको दिनमा विद्याथीहरु विद्यार्थी राजनीति गरिरहेका छैनन् । विद्यार्थीको यस्तो समस्या पर्‍यो भनेर कसैले फोन गर्दैनन् । कलेजमा यस्तो समस्या पर्‍यो भन्दैनन् । मलाई एक जना विद्यार्थीले पनि समयमा किन परीक्षा भएन ?

मेरो पाठ्यक्रममा किन कमजोरी रहृयो ? अनि मैले ८ कक्षा पास गरेका र एमए पास गरेकाहरु किन खाडी मुलुकमा भेटिछन् ? कसैले प्रश्न गर्दैनन् । राजनीति भन्दा अरु केही कुरा छैन । यही कारणले नेविसंघको समयमै महाधिवेशन हुन सकेन भन्ने लाग्छ मलाई ।

खाली आफ्नो पेशाप्रति इमानदार भए पुग्छ । सरकारमा गएपछि इमान्दार हुनुपर्‍यो । पार्टीम्ाा बसेपछि पार्टीप्रति जिम्मेवार हुनुपर्‍यो । यस्तै कारणले हामीले डा. गोविन्द केसी जन्मायौं । हामी आफ्नो पेशाप्रति जिम्मेवारी भएनौं र सत्ता केपी ओलीलाई लगेर बुझायौं । यो कुरा हामीले स्वीकार गर्नुपर्छ ।

सही नेतृत्वका लागि संविधान बाधक

हामी अहिले नेविसंघको गुटमा विभाजित भएका छौं । विद्यार्थीहरु गुट, उपगुटमा रमाएका छौं । युवा विद्यार्थीहरुको पार्टीभित्र अहिले चलेको बहसमा बिद्यार्थी नेताहरुको उर्जा अन्यत्र सकारात्मक क्षेत्रमा लगाउन सके कस्तो हुन्थ्यो मलाई त्यस्तो लागिरहेको छ । हैन भने तपाईहरुलाई अध्यक्ष किन बनाउने ? पार्टी सभापति किन बनाउने ? प्रधानमन्त्री किन बनाउने ? प्रवृत्तिमा समस्या छ ।

हेर्नुस्, संविधान हामीले एउटा उद्देश्यका साथ बनायौं । महिलाहरु पछि परेका छन्, दलितहरु पछि परेका छन्, पिछडिएको वर्ग, क्षेत्रका मानिसहरु पछि परेका छन् । उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ भन्ने सोचका साथ संविधान बनायौं । हामीले पछाडि परेको वर्गलाई राज्यको मुल प्रवाहमा ल्याउन खोजेको हो । त्यसका लागि समानुपातिक समावेशी व्यवस्था गर्‍यौं तर, परिणाम उल्टो आइरहेको छ ।

यही व्यवस्थाका कारण राजनीतिमा क्षमता भएकाहरुले होइन, दासहरुले अवसर पाउने अवस्था बन्यो । राजनीतिक नेतृत्वले कि आफ्ना घर परिवारका मान्छेलाई त्यस्ता अवरसर दिएको छ कि आफूलाई ज्यू हजुर गर्नेहरुलाई मौका दिएका छन् ।

हामीले ल्याएको व्यवस्थाले न्याय दिएन नि । संविधानले यति ठूलो गलत काम गरेको छ कि समानुपातिक समावेशीले सबैभन्दा कमजोर सभापति भएपनि उसैले नियुक्ति गर्न पाउने अवस्था बन्यो । अनि ऊ नै फेरि बलियो हुने भयो । यस कारण सही नेतृत्व विकासका लागि निम्ति संविधानको व्यवस्थाले नै अवरोध गर्‍यो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...