News Portal

कबिता ~ जुन !

हिमाली संचार संवाददाता
५८९ पटक

– प्रीति अर्याल

प्रत्येक साँझ
घाम राताे राताे भएर अस्ताए पछि
शितलताकाे पछ्याैरी पछ्याउँदै
उदाउँदो रहेछ जुन अाँगनमा

गाेधुलि साँझ
क्षितिजमा उदाएकाे छ जुन
समातेर कामुक अाँचल ईन्द्रेणिकाे
अंगालेर अनिकाल बिरुद्धका युद्ध
महा-सागर तरेर झरेको छ धर्तीमा जुन

यात्रामा सहजता पटक्कै थिएन
पाइतला भरि अाेछ्याकाे छ निलकाँडा
पाेल्टाभरि खन्याएको छ
अागाेका लप्का जस्तो प्रणय
प्रणयकाे भारी बाेक्ने भरिया
पहाड जस्तो जिबन अाेर्लिरहेछ
फुलहरु छर्किरहेका छन् काँडा
काँधमा

एउटा पुरानो झाेला
झाेला भरि उसको सपनाको अंश
अंशको खुसी बाेकेर ल्याउने
सपना संगालेर अाफै भित्र
तैरिरहेको छ बादलकाे झाेलुङ्गे पुल

ऊ कट्टर बनी दिन्छ
यात्रामा भेटिएका ताराहरुसँग
जाे अाफन्तबाट दुर भएका छन्
र,
जसरी सन्तान भैदिन्छ दुर
बा-अामाकाे अंश हुँ भन्ने भुलेर दुर

– काठमाडौ, नेपाल ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...