News Portal

पार्टीमा एकताको खाँचो : सभापति देउवा

मतभेदलाई छलफल गरी सल्टाऔं : पौडेल

हिमाली संचार संवाददाता
४०६ पटक

गुल्मी : नेपाली कांग्रेसका  सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए।

‘विगतले हामीलाई धेरै पाठ सिकाएको छ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हामी कांग्रेसका नेता कार्यकर्ताहरू एक नहुँदा निर्वाचनमा धेरै स्थानहरूमा पराजय भोग्न पर्‍यो अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने। उनले एकीकृत कांग्रेस बनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै अब पार्टी एक हुनुपर्ने बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायत एक दर्जन केन्द्रीय सदस्यहरूसँगै गुल्मी पुगेका पार्टी सभापति देउवाले आगामी दिनमा नेपाली कांग्रेस एक भएर अगाडि बढ्ने ठोकुवा गरे । उनले केपी ओली नेतृत्वको दुई तिहाइको वर्तमान सरकारले केही काम गर्न नसकेको आरोप लगाए । अहिले सरकार काम गर्नभन्दा पनि गफ गर्नमा  व्यस्त रहेको बताउँदै उनले भने,‘हिजो कांग्रेसको सरकारले गरेका विकास निर्माणका कामहरूको रिवन काटेर उद्घाटन गरेर मात्र यो सरकारले बढी प्रचार गर्ने काम गरेको हो।’ल

उनले सरकारले कर बढाएर जनताको ढाड मात्रै सेक्ने र एक दलीय अधिनायकवादी शासन चलाइरहेको दाबी गरे । संवैधानिक निकायहरूको गठन लगायतका विभिन्न निकायहरूका गठनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई जानकारी नगराइ संविधानको मर्म र भावनाविपरीत सरकार चलेको बताउँदै देउवाले भने, ‘यो सरकारको मनपरी र अधिनायकवादी शासन सहेर कांग्रेस चुप लाग्दैन।

यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एकता आवश्यक भएको बताए । उनले पार्टीभित्र विभाजन हुँदा प्रतिपक्षले धेरै फाइदा लिएकाले कांग्रेसमा  एकताको खाँचो रहेको औंल्याए। ‘म जहिले पनि एकताको पक्षमा उभिएको छु’, पौडेलले भने, ‘हामीमा भएका मतभेदहरूलाई बसेर छलफलको माध्यमबाट समाधान गरी अब कांग्रेस एक ठाउँमा आउनुपर्छ ।

उनले महासमितीको बैठकमा एउटा निर्णय भएको र पार्टीको केन्द्रीय कमिटीको बैठकमा अर्को निर्णय भएकाले आफूले पार्टीमा नोट अफ डिसेन्ट लेखेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सही मूल्यांकन गरेर अगाडि बढ्न आग्रह समेत गरे ।

‘म पाटी नेतृत्वलाई आग्रह गर्न चाहन्छु’, उनले भने,‘जनता र पार्टी कार्यकर्ता लगायत नेताहरूको मन जितेर नेता बन्नुहोस, यसो भएमा कांग्रेस एक हुन कुनै समस्या म देख्दिनँ’, उनले भने । सेतोपाटी

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...