News Portal

विप्लवलाई प्रतिबन्ध गर्नु सरकारको गल्ती : मोहन वैद्य

हिमाली संचार संवाददाता
४३१ पटक

बुटवल – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्

ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष वैद्यले विप्लवलाई प्रतिबन्ध लगाउनुभन्दा वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने बताए ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको उनले बताए । सरकारले यसलाई राजनीति रुपमा समाधान गर्नु साटो किन यस्तो प्रतिबन्ध लगाएको धेरैले बुझ्न नसकेको बताए ।

उनले विप्लवको समस्या राजनीति रहेको स्पष्ट पारे । उनले भने, ‘विप्लवको समस्या राजनीति हो, वार्ताबाटै समस्याको समाधान खोजिनुपर्छ, राज्यले प्रतिबन्ध लगाउनुहुँदैन ।’

अध्यक्ष वैद्यले सरकारका गतिविधि पनि राम्रो नभएको बताए । सरकारले जनताका समस्यातर्फ ध्यान दिन जरुरी रहेको बताए ।

वर्तमान कम्युनिष्ट सरकार बहुमतको भएको बताउँदै उनले सरकारले भनिरहेको ‘सुखी नेपाली र समृद्व नेपाली’ भनिरहँदा सरकार त्यो बाटोमा नहिँडेको आरोप लगाए ।

उनले सिके राउत, रेशम चौधरी र नेकपा विप्लवसँग सम्बन्धित कुरामा सरकार चिप्लेको बताए । उनले नेपालमा संविधान बनाइयो तर सर्वसम्मत नभएको तर्क गरे ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...