News Portal

कविता…….याद !

हिमाली संचार संवाददाता
१०१६ पटक

प्रवीण नेपाल

स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो
ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा
आँशुका थोपा झरेर गए बिलाए माटोमा

बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन्
सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन्
पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश
लिएर जानु सम्झना मेरो टाढाको त्यो देश

पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर
सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर
खबर के छ, संदेश के छ, सुनाई जानु है
कोशेली मेरो आँशुका थोपा बोकेर लानु है

बाडुली लाग्यो, बिहान-साँझ मन यो झस्कियो
सम्झदै होलिन् पियारी मेरी मुटु यो चस्कियो
किन हो किन सपनी पनि नराम्रो देख्दैछु
बिहान उठी, सम्झेर उनी घाँटी यो खस्कियो।।

– सिन्धुपाल्चोक

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...