News Portal

सेना परिचालनबारे मन्त्री बाँस्कोटाको प्रश्न : सैनिक प्रवक्ता को हुन् ?

हिमाली संचार संवाददाता
५२९ पटक

काठमाडौँ -सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न पनि आग्रह गरेका छन् ।

सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको मन्त्री बाँस्कोटाको भनाई छ ।

‘नेपाली सेना सरकार मातहतको निकाय हो । सरकारले लिने निर्णयप्रति न उसको कहिले विमति छ । न रहन्छ । नेपालको लामो ईतिहास छ । उसले राजनीतिक नेतृत्व वा सरकारको निर्णयलाई हमेसा फ्लो गर्दै आएको छ । कहाँनेर अन्तरविरोध देख्नुभयो । वा अन्तरविरोध चर्काउन कसले प्रयत्न गर्यो ? ति कुराहरु सत्य होइनन् । गतल हुन्,’ मन्त्री बाँस्कोटाले भने ।

नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्र्दभमा सैनिक प्रवक्ताको हबाला दिएपनि कसैले किटानीका साथ नभएको मन्त्री बास्कोटाले बताए । ‘सैनिक प्रवक्ताको हवाला दिए पनि सैनिक प्रवक्ता को हुन् ? के भने भन्ने कुरा कसैले किटानीका साथ भनेको पनि छैन । सेनाले त्यसलाई स्वीकार गरेको पनि छैन । कथाहरु आफैँ उत्पादन गर्ने । आफ्नै कथा उत्पादन गरेर आफैँले विमोचन गरेर त्यसको समालोचना गर्ने प्रवृति हावी भएको र त्यसैको एउटा पछिल्लो नमुना यो विषय हो जस्तो लाग्छ,’ मन्त्री बास्कोटाको भनाई छ ।

उनले संविधान र कानुनी प्रबन्ध नहेरी जनतामा भ्रम फैलाउने काम नगर्न सचेत पनि गराए । सपनामा हिँड्ने बानी परेकाहरुले सेनाको बारेमा जनतामा भ्रम फैलाउने काम गरेको मन्त्री बास्कोटाको दावी छ ।

‘सेना परिचालनको विषयमा धेरै बहस, अनावश्यक वहस, कोकाहाला, उत्पात भयो । तर संविधानको धारा हेरिएन । कानुनी प्रबन्ध हेरिएन । त्यसैले दुनियाँलाई दिग्भ्रमति बनाउन बानी परेकाहरुले त्यो कुरा गर्न सक्छन्,’ पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने ।

उनले द्वन्द्वलाई उत्साहित र प्रोत्साहित गर्ने काम नगर्न सबैलाई सचेत गराए । आतंकवादी क्रियाकलाप र चरित्रलाई सरकारले पराजित गर्ने दाबी गर्दै मन्त्री बाँस्कोटाले हिंसा विश्वभर नै सधैँ परास्त हुँदै आएको उल्लेख गरे ।

‘हिंसाका कारण फेरी मुलुकमा क्षति हुन दिइँदैन । मुलुकको शान्ति सुरक्षामाथि रमाइलोमा धावा बोल्ने र अबाञ्छित लेख प्रशारण, प्रकाशन गरि समाज र जनतालाई दिग्भ्रमित पार्ने काम गर्न उचित होइन,’ मन्त्री बाँस्कोटाको भनाई छ ।

संविधान विरोधी क्रियाकलापलाई सरकारले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने भन्दै उनले कम्युनिष्ट पार्टीको बदख्वाईं गरेर मुलुकमा द्धन्द्ध चर्काउने विषय लोकतन्त्र, न्याय र समानतामा आधारित नभई सामाजिक फाँसीवाद हुने टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...