News Portal

बुवाकाे मृत्युु पछि ४ छाेरीहरुको बिचल्ली, सहयोगका लागि अपिल !

हिमाली संचार संवाददाता
६६६ पटक
रबिन्द्र बराल, मोरङ

चैत १२ मंगलवार : मोरङ धनपालथान गाउपालिका– ३ का चार वालिकाको विचल्लि भएका छन। चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो । हेमरको मृत्युु पछि सो परिवारलाई विहान वेलुुका समेत छाकटार्न समस्या हुुने गरेको छ । हेमरमको मृत्युुपछि चारजना छोरीको विचल्लि भएका हुन।

उनका १३ वर्ष, १० वर्ष, ८ वर्ष र ७ वर्षका छोरीहरु छन । कक्षा ८ मा पढदै आएकी १३ वर्षकी कविता हेमरमलाई वुुवाको मृत्युभएपछि आफ्नाे छाेरी लाई कसले पढाई दिने हाे भन्दै भन्ने चिन्ता अवस्थामा रहेकी छन उनकी अामा। पढने धेरै रहर हुुदापनि अव पढाई छाडनुपर्ने अवस्था नरहला भन्न सकिदैन ।

विगत १० वर्षदेखी कल गाडने कामगर्दै आएका हेमरमको रंगेलीको आमतोलामा कल गाडि रहेकाेे अवस्था पाँच फिट तल पाईप चेन्ज गर्ने क्रममा हेमरमलाई माटोको ढिस्कोले पुुरेको थियो। टाउकोमा गंभिर चोट लागेकाेे उनलाई उपचारको क्रममा गत शनिवार उनको मृत्युु भएको थियो ।

हेमरमका चार छोरी, दुुई भाइ र एक श्रीमती छन । उनका भाई रामुु हेमरमले रामुुले भने आफुुहरु अरुको घरमा गाई भैसी चराएर गुुजारा चलाई रहेको अवस्थामा दाजुुको परिवारलाई कसरी पाल्न सक्छुु गुुनासो गरे । वुुवा आमाले पनि सानै उमेरमा छाडेर जानुुभयो अहिले दाजुुलेपनि छाडनुुभयो दाजुुको परिवारको विचल्लि हुुने चिन्ताले आफुुलाई सताएको उनले सुुनाए ।

http://himalisanchar.com/2019/04/12316

अर्का भाई विजयले परिवारको बिचल्ली हुुन लागेकाले सहयोगका लागी आग्रह गर्नुुभयो । जिवनभर सुुकुुम्वासी भएर जिवन विताईरहेको परिवारमा दाईको मृत्युुले परिवारको बिचल्ली भएको भन्दै सहयोगका लागी गाउँपालिका, समाजसेवी, नागरिक समाज तथा सर्वसाधारणसंग उहाले आग्रह समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...