News Portal

नेकपाका विद्यार्थीको तालाबन्दीपछि पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा रोकियो !

हिमाली संचार संवाददाता
४८५ पटक

चैत १०, विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि आइतबार लिन लागेको परीक्षा सत्तारुढ र प्रतिपक्षी दल निकट विद्यार्थी संगठनको हानाथापपछि स्थगित भएको छ । परीक्षा स्थगनसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका छन् । बिराटनगरमा केन्दि्रय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लिने परीक्षाको बिषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत हस्तक्षेप गरेका थिए ।

सेवा आयोगले उपप्राध्यापक, सहायक प्राध्यापकसहित विभिन्न पदका लागि आह्वान गरेको विज्ञापनको आइतबार परीक्षा मिति तोकेको थियो । तर, नेकपा निकट विद्यार्थी संगठनहरुले शुक्रबार नै सेवा आयोगमा तालाबन्दी गरेपछि परीक्षा रोकिएको हो ।

आइतबार नेपाली कांग्रेस मोरङले शैक्षिक संस्थामा अनावश्यक हस्तक्षेप भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । सेवा अयोगले लिने परीक्षामा शिक्षामन्त्री पोखरेलले हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल परीक्षा सुरु गराउन जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।

शिक्षा मन्त्री पोखरेलले चैत ५ गते सेवा आयोगको विज्ञापन तत्काल स्थगित गर्न निर्देशन दिएका थिए । उनले कार्यकारी परिषद पूर्ण नभएकाले कुनै निर्णय नगर्न तथा सह-रजिस्टार र सहडिनको नियुक्ती तत्काल कार्यान्वयन नगर्न भनेका थिए ।

पूर्वी कार्यकारी परिषद्ले गत पुस अन्तिम साता समन्वय महाशाखा प्रमुख राजेशकुमार झालाई सह-रजिष्ट्रार तथा गोपालप्रसाद शर्मालाई विज्ञान तथा प्रविधि संकायको सहडिन र डा. कोमल दुलाललाई कला, कानून तथा शिक्षाशास्त्र संकायको सह-डीनमा नियुक्त गरेको थियो । गत भदौ १० गते गोरखापत्र दैनिकमा निकालेको कर्मचारी पदपूर्तिको विज्ञापनको बिषयमा सर्वाेञ्च अदालतले परीक्षा लिन सेवा आयोगलाई आदेश दिएको थियो ।

सहकुलपतिको निर्देशन विपरीत परीक्षा गर्ने तयारी गरिएपछि पूर्वी सेवा आयोग र परीक्षा केन्द्र तोकिएको सेन्टर फर पपुलेसन अफ डेभलपमेन्ट (सिप्याड) मा तालाबन्दी गरिएको अनेरास्वियू क्रान्तिकारी केन्द्रीय सदस्य ताजिम अन्सारीले बताए ।

‘हाम्रो माग निष्पक्ष परीक्षा हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘शिक्षामन्त्रीको निर्देशन विपरीत परीक्षाको तयारी गरेपछि तालाबन्दी गरेका हौ । विश्वविद्यालयले सिधै अन्तरवार्ताका माध्यमबाट ६० भन्दा बढी उपप्राध्यापक र सहप्राध्यापकहरु नियुक्त गर्न खोजेको उनको भनाइ छ ।

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीलाई नयाँ शक्ती विद्यार्थी युनियन, संघीय समाजवादी फोरम निकट विद्यार्थी संगठनले समर्थन जनाएका छन् ।

विद्यार्थी संगठनले तालाबन्दी गरेपछि आइतबारका लागि तय भएको परीक्षा रोकिएको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले जानकारी दिए । सेवा आयोगले थप छलफल गरी परीक्षाको बिषयमा निर्णय गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...