News Portal

  • जातिय विभेद कायमै !

    हिमाली संचार संवाददाता
    ५६४ पटक
    कृष्ण प्रसाद अधिकारी

    दैलेख, ८ चैत : दैलेखको नौमूले गाउँपालिकाका दलित जनप्रतिनीधिहरुले सामाजिक रुपमा दलितहरु माथी गरिने विभेद कायमै रहेको बताएका छन। विहिवार ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातिभेद उन्मूलन दिवसको अबसरमा नौमूले गाउँपालिकाको आयोजना र स्थानीय तह दलित जनप्रतिनीधि मञ्च दैलेखको समन्वयमा भएको विचार विमर्शमा उनिहरुले यस्तो बताएका हुन् ।

    नौमूले गाउँपालिका – ७ की दलित महिला सदस्य बेलसरा विकले गाउँपालिकाका अन्य जनप्रतिनीधिहरुले दलितको कार्यक्रमलाई उपेक्षा गरेको बताउनुभयो । गाउँपालिका भरी दलित समुदाय माथी हुने विभेद कायमै रहेको बताउनै विकले गाउँपालिकाले दलित लक्षित कार्यक्रम नसमेटी दलितहरुलाई झनै उपेक्षा गरेको बताइन् ।

    वडा नं. ३ की दलित महिला सदस्य सिता कुमारी मिजारले गाउँपालिकाले दलित लक्षित कार्यक्रममा ध्यान नदिएको बताउनुभयो । नौमूलेका दलित अगुवा राम बहादुर सुनारले कतिथ माथिल्लो जातीले दलितको नाममा फाइदा लिएको बताउनुभयो ।

    कार्यक्रममा नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कोईरालाले दलित भित्र पनि सामान्य रुपमा विभेद रहेको बताउँदै दलित समुदायका लागि आएका कार्यक्रम र अबसरमा टाठाबाठाले मात्रै लिने गरेको बताउनुभयो ।

    सेते दमाई हत्या काण्डलाई सम्झना गर्दै कोईरालाले भन्नुभयो ‘उतिबेला अशिक्षित समाज थियो, अहिले समय धेरै परिवर्तन भईसकेको छ, जातिय विभेद तथा छुवाछुत पनि केहि रुपमा कमी आएको छ । उहाँले आगामी आर्थीक बर्ष देखि दलित लक्षित बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    भविसरा विकको अध्यक्षता तथा नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख झलक कोईराला, नारायण नगरपालिकाका कार्यपालिका सदस्य शंकर बयलकोटी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखका सदस्य हरि राना लगायतले जातिय विभेद तथा छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...