News Portal

स्विट्जरल्याण्डमा पहिलो पटक ग्रेटर नेपालको नक्सासहित प्रर्दशन

हिमाली संचार संवाददाता
४८६ पटक

स्विट्जरल्याण्ड : सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दे प्रर्दशन गरिरहेको ग्रेटर नेपालले स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक प्रर्दशन गरेको छ । सुगौली सन्धीपछि भारतले खोसेको नेपालको भूमि फिर्ता गराउन माग गर्दै पहिलो पटक जेनेभामा ग्रेटर नेपालको नक्सासहित बिरोध प्रर्दशन गरिएको हो ।

लामो प्रयासपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद अगाडि पुगेको हो। उनीहरुले शनिवार साँझ ४ः३० बजे जेनेभास्थित संयुक्त राष्ट्र संघको अगाडि ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका हुन् ।

उक्त कार्यक्रम बिहिबार नै गर्ने योजना भएपनि बर्षातको कारण स्थिगित भएको थियो तर शनिबार भने ग्रेटर नेपालको नक्सा सहितको प्रर्दशन गरिएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए ।

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झण्डासँगै राखिएको नेपालको राष्ट्रिय झण्डाका अगाडि ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँमा उभिएर ग्रेटर नेपालको नक्सा देखाउन पाएको नेपाल बताउँछन् । नेपालसहितको टोलीले भारतीय उपनिवेशको बिरोध गर्दे नेपाली भुमि फिर्ता गर्नु पर्ने भन्दै ग्रेटर नेपालको लागि प्रर्दशन गर्दे आईरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...