News Portal

पूर्वशिक्षिका शिवाकोटीले खोलिन दृष्टिविहिन र श्रवण शक्ति नभएका विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष

हिमाली संचार संवाददाता
६०९ पटक

दोलखा : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वस्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति नभएका वालवालिकाहरुका लागि शैक्षिक छात्रवृत्तिका लागि खर्च हुने गरी अक्षयकोष खडा गरेकी छन् । दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा आयोजित कार्यक्रममा शिवाकोटीले अक्षयकोष खडा गरेको जानकारी गराईन् ।

१ लाख ११ हजार १ सय एघार रुपैयाँ राशीको अक्षयकोषबाट प्राप्त व्याजले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट र सुस्त श्रवण भएका विद्यार्थीहरु अध्ययन गर्न चरिकोटको भीमेश्वर बहिरा प्राथमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। प्राप्त व्याजमा त्यत्तिकै रकम थप गरी प्रत्येक वर्ष भदौ ३० गते छात्रवृत्ति हस्तान्तरण गरिनेछ ।

छात्रवृत्ति कोष सञ्चालन गर्न शिवाकोटीकै अध्यक्षतामा कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानध्यापक नवराज न्यौपाने, भीमेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, कोष सञ्चालन गर्ने परिवारको तर्फवाट श्याम प्रसाद शिवाकोटी र पत्रकार श्याम प्रसाद खतिवडा रहेको समिति समेत गठन गरिएको कार्यक्रममा जानकारी गराईयो ।

अक्षयकोष स्थापनाको घोषणा कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रत्येक वर्ष अक्षयकोषमा रकम थप गर्दै लगिने उल्लेख गर्दै दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीहरुका लागि कोषलाई क्रियाशिल गराईने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष डवल पाण्डेले करिव ४ दशक दोलखाको समग्र शिक्षा क्षेत्रमा क्रियाशिल रहनुभएकी राजेन्द्र लक्ष्मी शिवाकोटीले फरक क्षमता भएका वालवालिकाको शिक्षाका लागि अक्षयकोष मार्फत छात्रवृत्ति प्रदान गर्ने कार्यको प्रशंसा गरे । आफ्नो गुरुआमा समेत रहेकी शिवाकोटीलाई उनले स्रोतकेन्द्र तथा विभिन्न विद्यालयको तर्फवाट सम्मान समेत गरे ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले अक्षयकोष स्थापना गरेकोमा प्रशंसा गर्दै शिवाकोटीको सामाजिक जीवन सफलताको कामना गरे ।

कालिञ्चोक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस प्रमुख कृष्ण बहादुर गौतमले दोलखाकै पहिलो विद्यालय क्षमावती मावि स्थापना गर्ने नन्दप्रसाद शिवाकोटीको परिवारकै सदस्य राजेन्द्र लक्ष्मी शिवाकोटीको पहलमा स्थापना भएको अक्षयकोष एवम् छात्रवृत्तिवाट दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीहरु लाभान्वीत हुने कुराले खुसी लागेको बताए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...