News Portal

  • पूर्वशिक्षिका शिवाकोटीले खोलिन दृष्टिविहिन र श्रवण शक्ति नभएका विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष

    हिमाली संचार संवाददाता
    ५४९ पटक

    दोलखा : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वस्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति नभएका वालवालिकाहरुका लागि शैक्षिक छात्रवृत्तिका लागि खर्च हुने गरी अक्षयकोष खडा गरेकी छन् । दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा आयोजित कार्यक्रममा शिवाकोटीले अक्षयकोष खडा गरेको जानकारी गराईन् ।

    १ लाख ११ हजार १ सय एघार रुपैयाँ राशीको अक्षयकोषबाट प्राप्त व्याजले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट र सुस्त श्रवण भएका विद्यार्थीहरु अध्ययन गर्न चरिकोटको भीमेश्वर बहिरा प्राथमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। प्राप्त व्याजमा त्यत्तिकै रकम थप गरी प्रत्येक वर्ष भदौ ३० गते छात्रवृत्ति हस्तान्तरण गरिनेछ ।

    छात्रवृत्ति कोष सञ्चालन गर्न शिवाकोटीकै अध्यक्षतामा कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानध्यापक नवराज न्यौपाने, भीमेश्वर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, कोष सञ्चालन गर्ने परिवारको तर्फवाट श्याम प्रसाद शिवाकोटी र पत्रकार श्याम प्रसाद खतिवडा रहेको समिति समेत गठन गरिएको कार्यक्रममा जानकारी गराईयो ।

    अक्षयकोष स्थापनाको घोषणा कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रत्येक वर्ष अक्षयकोषमा रकम थप गर्दै लगिने उल्लेख गर्दै दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीहरुका लागि कोषलाई क्रियाशिल गराईने बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष डवल पाण्डेले करिव ४ दशक दोलखाको समग्र शिक्षा क्षेत्रमा क्रियाशिल रहनुभएकी राजेन्द्र लक्ष्मी शिवाकोटीले फरक क्षमता भएका वालवालिकाको शिक्षाका लागि अक्षयकोष मार्फत छात्रवृत्ति प्रदान गर्ने कार्यको प्रशंसा गरे । आफ्नो गुरुआमा समेत रहेकी शिवाकोटीलाई उनले स्रोतकेन्द्र तथा विभिन्न विद्यालयको तर्फवाट सम्मान समेत गरे ।

    भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले अक्षयकोष स्थापना गरेकोमा प्रशंसा गर्दै शिवाकोटीको सामाजिक जीवन सफलताको कामना गरे ।

    कालिञ्चोक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस प्रमुख कृष्ण बहादुर गौतमले दोलखाकै पहिलो विद्यालय क्षमावती मावि स्थापना गर्ने नन्दप्रसाद शिवाकोटीको परिवारकै सदस्य राजेन्द्र लक्ष्मी शिवाकोटीको पहलमा स्थापना भएको अक्षयकोष एवम् छात्रवृत्तिवाट दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीहरु लाभान्वीत हुने कुराले खुसी लागेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...