News Portal

स्वतन्त्र मधेस गठबन्धन सिके राउत र सरकार बिच राजनीतिक सहमति

हिमाली संचार संवाददाता
३३८ पटक

काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् ।आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । उनले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग समातेर आएको भन्दै यो आन्दोलनमा सरकारी पक्षले देखाएको संयमता पनि सराहनीय रहेको बताए ।

‘आजको दिन ऐतिहासिक छ । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो त्यसले कस्तो भयाभह रुप लेला भनेर । तर, आज बढो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुँदैछ । यो सवै जनताका लागि खुसीको कुरा हो’ सम्बोधनका क्रममा उनले भने ।

‘यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पत्र हुनुहुन्छ,’ राउतले भने ।

२०६९ साल जेठ सात गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नुभएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन ।’

यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले जिकिर गरे ।

‘हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ,’ उनले भने ।

हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि सहज गाह्रो हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।

‘हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ । वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ । सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’

राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार गर्दै आफूलाई राजनीतिक स्पेश प्रदान गरेको बताउँदै राउतले भने, ‘जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु ।’

उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुवै पक्ष तयार भएकाले यो सहमति भएको दाबी गरे ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...