News Portal

यस्ता छन् राजपा नेपालले सरकारमाथि लगाएका १६ आरोप

हिमाली संचार संवाददाता
४१७ पटक

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।

कैलालीको टीकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा दोषी देखाउँदै जिल्ला अदालतले आज उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

फैसला लगत्तै पार्टी केन्द्रीय कार्यालयमा राजपा नेपाल अध्यक्षमण्डलको आकस्मिक बैठक बसेको थियो । दुई तिहाईको सरकार हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेश थरुहट आन्दोलका बन्दीहरुको रिहा नगरेको, उनीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता नलिएको, घाइतेहरुको उपचार नगराएको, बेरोजगारी समस्या समाधान नगरेको, महँगी नियन्त्रण र भ्रष्टाचार नियमन्त्रण नगरेको, असिना एवं बाढी पीडितलाई राहत नदिएको, निर्मला पन्त लगायतको बलात्कारी र हत्यारालाई कार्यवाही नगरेको, शान्ति सुरक्षा कायम गर्न नसकेको सन्तुलित परराष्ट्र नीति अवलम्बन नगरेको, राज्यका हरेक अंगमा दलीय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने जस्ता आरोप लगाएर राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिएको छ ।

साथै, शोषण, उत्पीडन र विभेदका विरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता र मोर्चाका लागि राजपा नेपालले आह्वान गरेको छ ।
यसअघि फोरम नेपालले वार्ताका लागि आह्वान गर्दै राजपा नेपाललाई पत्र पठाएको थियो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...