News Portal

  • यस्ता छन् राजपा नेपालले सरकारमाथि लगाएका १६ आरोप

    हिमाली संचार संवाददाता
    ३४९ पटक

    काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।

    कैलालीको टीकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा दोषी देखाउँदै जिल्ला अदालतले आज उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

    फैसला लगत्तै पार्टी केन्द्रीय कार्यालयमा राजपा नेपाल अध्यक्षमण्डलको आकस्मिक बैठक बसेको थियो । दुई तिहाईको सरकार हुँदाहुँदै पनि संविधान संशोधन नगरेको, मधेश थरुहट आन्दोलका बन्दीहरुको रिहा नगरेको, उनीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता नलिएको, घाइतेहरुको उपचार नगराएको, बेरोजगारी समस्या समाधान नगरेको, महँगी नियन्त्रण र भ्रष्टाचार नियमन्त्रण नगरेको, असिना एवं बाढी पीडितलाई राहत नदिएको, निर्मला पन्त लगायतको बलात्कारी र हत्यारालाई कार्यवाही नगरेको, शान्ति सुरक्षा कायम गर्न नसकेको सन्तुलित परराष्ट्र नीति अवलम्बन नगरेको, राज्यका हरेक अंगमा दलीय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने जस्ता आरोप लगाएर राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिएको छ ।

    साथै, शोषण, उत्पीडन र विभेदका विरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता र मोर्चाका लागि राजपा नेपालले आह्वान गरेको छ ।
    यसअघि फोरम नेपालले वार्ताका लागि आह्वान गर्दै राजपा नेपाललाई पत्र पठाएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...