News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सविता देवि ट्रसले १० दिन नवित्दै फेरि गरिदियाेे अर्को गरिव परिवारको छोरीको बिबाह

    हिमाली संचार संवाददाता
    ५१७ पटक
    रबिन्द्र बराल, मोरङ

    रंगेली, १६ फागुन : मोरङको रंगेली नगरपालिका ९ युुुवा चाेक नजिकै बिहीबार निकै रमझम र घरमा बाजागाजा सहित निक्कै रमाईलो थियो । बेहुला, बेहुली अंंगानमा क्रिस्चियन समुदायको बिधिमा बिवहा भई रहेको थियोे । सबै जना बिहेमा लागेका थिए । बेहुला आफ्नो बिधि अनुसार विवाहको कर्ममा थिए । बेहुलीका बुबा आएका पाहुनालाई खानपिन गराउँदै थिए । यो कुनै नाटक हैन बिवाहको एउटा वास्तविकता हाे।

    मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ काेे युुुवा चाेेककी लखिराम हँस्ताकि २२ बर्षकि फुलुनी हाँस्ता सानै उमेर देखि उनकाे बाेलि छैन उनका बुवाले छाेरी राम्रो हुन्छ भनेर धामीझाँक्री र डाक्टर कहाँ समेत पुगाए तर छाेरीकाे मुखबाट बाेलि अाउन सकेन उनका बुबाले भने अब छाेरीकाे बिवहा गर्ने निकै समस्या हुने भयाे भन्दै चिन्ता मा रहेको बताए ।

    उनका एक छाेेरी र दुई छाेेेरा छन तर दैवले एक कान्छाे छाेेेराकाे समेत १५ बर्ष भई सक्दा समेत बाेलि अाउन सकेकाे बताए । त्यस्तै रंगेली २ स्थित ताला हेेेेमरमकाे छाेरा राकेश हेमरंम पनि सानैै उमेेेर देेखि बाेल्न सक्दैन उनका बुवाले पनि छाेरा राम्रो हुन्छ कि भनेर उपचारका लागि विभिन्न ठाउँमा लगेर तर उनकाे पनि वाेलि अाएन । तर अहिले दुई जनाकाेे बिवहा भएको देखेर अाफुुुलाई धेरै खुुशि लागेेेेकाे ताला हेमरमले बताए ।

    सानो पराले झुपडीमा भएको विवाह निक्कै रमाईलो थियो । आर्थिक अबस्था कमजोर रहेका बेहुली पक्षका परिवारमा विवाहको लागि कसरी खर्च जुटाउने भन्ने समस्याका बिच विवाह हुँदै थियो । २०७१ सालमा स्थापना भएको सबितादेवि अग्रवाल ट्रष्टले गरिव र दिन दुखिहरुका लागि भगवान भएको छ ।

    ट्रष्टले गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई सहयोगीको रुपमा काम गर्दे अाईरहेता पनि पछिल्लो समयमा नयाँ कामकाे सुरुवात गरेको छ । गरिव परिवार भएकै कारण छोरीको विवाह गर्न नसक्ने तथा आर्थिक अभावका कारण समस्या आउन नदिनका लागि सहयोग गर्दै आएको ट्रष्टका अध्यक्ष मदनलाल अग्रवालले बताए ।

    अार्थिक अबस्था एकदमै कमजोर रहेको परिवारबाट सहयोगको आग्रह गरिएपछि उनीहरुको अबस्था हेरेर सहयोग गर्ने गरिएको उनले बताए । ट्रष्टले फुल्जुनी हाँस्ताकाे विहेका लागि आवश्यक पर्ने बेहुली साडि, चुरा, पाउजु, घडि, दाईजोको रुपमा दिईने सरसामान र बेहुलाका लागि घडि र लुगाफाटो उपलब्ध गराएको थियो । त्यस्तै आएका जन्तीका लागि बिहेभोजको समेत खर्च ब्यहोरेको थियो ।

    संस्थाका अध्यक्ष अग्रवालले बिहेमा दाईजो बाहेकका आबस्यक सबै खर्च ट्रष्टले ब्यहोरेको बताए । फुल्जुनीकाे बिहेमा सहभागी हुनको लागि सविता देवि अग्ररवाल ट्रसका अध्यक्ष मदन लाल अग्रवाल (बगडिया), करण ठाकुर, दिलिप मंन्डल समाजसेवी कमल राजवंशी, अनिल महेश्वरी पुगेका थिए ।

    ट्रष्टले आर्थिक अबस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने कार्यक्रम अनुसार यस अघि पनि रंगेलीकै रामे ऋषिदेव की छोरी सीता ऋषिदेवको समेत विवाह गराईदिएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने ट्रष्टका अध्यक्ष अग्रवालले बताए।

    यो पनि पढ्नुहोस।

    सबिता देवि अग्रवाल ट्रसले गरिदियो अतिविपन्न परिवारकाे छाेरीकाे बिवहा !

    सबिता देवि अग्रवाल ट्रसले गरिदियो अतिविपन्न परिवारकाे छाेरीकाे बिवहा !

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...