News Portal

आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णाली प्रदेशको फुटबलमा सुर्खेतले जित्यो

हिमाली संचार संवाददाता
४९३ पटक

सुर्खेत : सुर्खेत आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णाली प्रदेशको फुटबलमा जितहात पार्न सफल भएको छ। आज भएको फार्इनलमा हुम्लालार्इ ४-२ गोल अन्तरले हराउदै सुर्खेत जित हात पार्न सफल भएको छ। निकै प्रतिष्पर्धात्मक भएको खेल निर्धारित समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो।

बीरेन्द्रनगरको रगंशालामा भएको फार्इनलमा धेरै समय बल आफ्नो नियन्त्रणमा लिएको सुर्खेत पटक-पटक गोल हान्ने अबसर पाएपनि जालि भने चुमाउन सकेन। यस्तै हुम्लाले पनि थुप्रै गोल गर्ने अवसर पाए पनि त्यसलार्इ सहि सदुपयोग गर्न नस्कदा हार भोग्नुपर्यो।

ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, बिजयी शाही र धर्मेन्द्र शाहीले गोल गर्नुभयो। हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरेपनि चक्रबहादुर लामा र लक्ष्मण बोहारले गोल गर्न नसक्दा खेल हार्नुपर्यो।

क्वाटरफार्इनलमा जुम्लालार्इ हराएको सुर्खेत सेमिफार्इनलमा कालिकोटलार्इ पराजित गर्दै फार्इनल पुगेको थियो। लिग चरणका खेलमा दैलेखलार्इ हराएको हुम्ला सेमिफार्इनलमा मुगुलार्इ हराउदै फार्इनल प्रबेश गरेको थियो। यस्तै आजै भएको अर्को खेलमा कालिकोटलार्इ हराउदै मुग तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

निर्धारित ९० मिनेटको समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो। ट्राइब्रेकरमा मुगुले कालिकोटलार्इ ३-१ गोल अन्तरले हराउदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता हो। खेल सकिन केहि समय मात्र बाकि रहदा मुगुले पेनाल्टी पाएपनि त्यसलार्इ सदुपयोग गर्न नस्कदाँ खेल ट्राइब्रेकरमा धकेल्लिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...