News Portal

आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णाली प्रदेशको फुटबलमा सुर्खेतले जित्यो

हिमाली संचार संवाददाता
५११ पटक

सुर्खेत : सुर्खेत आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णाली प्रदेशको फुटबलमा जितहात पार्न सफल भएको छ। आज भएको फार्इनलमा हुम्लालार्इ ४-२ गोल अन्तरले हराउदै सुर्खेत जित हात पार्न सफल भएको छ। निकै प्रतिष्पर्धात्मक भएको खेल निर्धारित समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो।

बीरेन्द्रनगरको रगंशालामा भएको फार्इनलमा धेरै समय बल आफ्नो नियन्त्रणमा लिएको सुर्खेत पटक-पटक गोल हान्ने अबसर पाएपनि जालि भने चुमाउन सकेन। यस्तै हुम्लाले पनि थुप्रै गोल गर्ने अवसर पाए पनि त्यसलार्इ सहि सदुपयोग गर्न नस्कदा हार भोग्नुपर्यो।

ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, बिजयी शाही र धर्मेन्द्र शाहीले गोल गर्नुभयो। हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरेपनि चक्रबहादुर लामा र लक्ष्मण बोहारले गोल गर्न नसक्दा खेल हार्नुपर्यो।

क्वाटरफार्इनलमा जुम्लालार्इ हराएको सुर्खेत सेमिफार्इनलमा कालिकोटलार्इ पराजित गर्दै फार्इनल पुगेको थियो। लिग चरणका खेलमा दैलेखलार्इ हराएको हुम्ला सेमिफार्इनलमा मुगुलार्इ हराउदै फार्इनल प्रबेश गरेको थियो। यस्तै आजै भएको अर्को खेलमा कालिकोटलार्इ हराउदै मुग तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

निर्धारित ९० मिनेटको समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो। ट्राइब्रेकरमा मुगुले कालिकोटलार्इ ३-१ गोल अन्तरले हराउदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता हो। खेल सकिन केहि समय मात्र बाकि रहदा मुगुले पेनाल्टी पाएपनि त्यसलार्इ सदुपयोग गर्न नस्कदाँ खेल ट्राइब्रेकरमा धकेल्लिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...