News Portal

गजल

हिमाली संचार संवाददाता
४७७ पटक

          राधा पाण्डे

सधैं तिम्रो अधर छुने म त भाग्यमानी
अनि मुटुभित्रै हुने म त भाग्यमानी

उता तिमी स्वयंवरको कलश बोकी हिड्यौ
यता फूलको माला उनें म त भाग्यमानी

मुटुलाई छोयो जब कुतुहलको धूनले
पिरतिको गुञ्जन सुनेँ म त भाग्यमानी

यादहरु पोको पारी लुकाउँछु भनी
एउटा जाली रुमाल बुनेँ म त भाग्यमानी

आंखाबाट सुस्त सुस्त प्रवेश भयो माया
अनि दिलभित्रै थुनें म त भाग्यमानी ।।

तादोङ गान्तोक,
सिक्किम

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...