News Portal

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र प्रदेश प्रमुख खनाल विच भेटवार्ता

हिमाली संचार संवाददाता
४७३ पटक

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि सिफारिश पत्र हस्तान्तरण गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।

वुधवार सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश सभाको हिउदे अधिवेशन फागुन १५ गते दिउसो १ वजे आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । भेटवार्ताका क्रममा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री शाहीसंग प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका लागि भएको ढिलाई वारे चासो राख्नुभएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाको अघिल्लो अधिवेशन नै ढिलो गरि अन्त भएको र सरकारको तर्फवाट संसदलाई दिनुपर्ने विजनेश तयारीको गृहकार्य गर्न केही समय आवश्यक भएको जानकारी गराउनुभएको छ । भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारका कामकारवाहीका वारेमा पनि प्रदेश प्रमुख खनाललाई जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...