News Portal

  • हिमाली जिल्ला डोल्पा र हुम्लाका जेष्ठ नागरिकलाइ हवाइ भाडामा छुट

    हिमाली संचार संवाददाता
    ५२९ पटक

    टेकबहादुर शाही
    डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा १ हजार सहुलियत दिन सुरु गरेको हो।

    कर्णालीका अन्य जिल्लामा सडक सञ्जाल जोडि सकेको भएपनि हुम्लामा भने अझै सडक सञ्जालमा जोडिएको छैन। डोल्पा सडक सञ्जालमा पूर्ण रुपमा जोडिएको छैन।

    कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई छुट दिने गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। मन्त्री बुढाले भने -‘चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन १ करोड बजेट बिनियोजन गरिएको छ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रममा हिमाली दुई जिल्ला डोल्पा र हुम्लामा हवाइ भाडामा सहुलियत दिने र प्रदेश राजधानी सुर्खेतबाट पहाडी तथा हिमाली जिल्लामा उडान भर्ने जहाजलाइ इन्धनमा सहुलियत दिने घोषणा गरिसकेको मन्त्री बुढाले जानकारी दिए।

    जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले परिचय खुल्ने परिचपत्र र सक्कल नागरिकता अनिवार्य बोक्नु पर्ने र हवाइ उडान गर्ने कम्पनीले टिकटमा छुट दिएपछि अभिलेख राखेर मन्त्रालयबाट भुक्तानी लिने कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयले जानकारी दिएको छ।

    सेवा प्रदान गरेबापत जहाज कम्पनीले यात्रुबाट बोर्डिङ पास प्रिन्ट वा ई-कपी टिकट राखेर अभिलेख र लेखा परीक्षणसहित पेश गरेर मन्त्रालयबाट भुक्तानी लिने छ। यो सेवा नेपालगञ्ज, सुर्खेत जुनसुकै विमानस्थलबाट यात्रा गरे पनि पाउने छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असार ३१ गतेको राशिफल

    आज असार ३१, २०८२ (जुलाई १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...