News Portal

  • चिकित्सा शिक्षा विधेयक’ पारित भए लगत्तै तरुण दल सडकमा

    हिमाली संचार संवाददाता
    ४२० पटक

    पोखरा– सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै तरुण दलले विरोध जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र घेराबन्दी तोड्दै सरकारले विधेयक पास गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो ।

    तरुण दलले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वृहत विरोध र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले देशब्यापी आन्दोलन गर्ने बताए । उनले भोलिदेखि सडक आन्दोलन चर्काउने र देश ठप्प बनाउने चेतावनी दिए ।

    सरकारले निर्मला पन्तको हत्यारा पत्ता नलगाएकोमा आक्रोश पोख्दै यदी सरकारले हत्यारा पत्ता लगाउन नसके आफुहरुले हत्याराको पर्दाफास गर्ने अध्यक्ष बस्नेतले चेतावनी दिए ।

    कांग्रेसका गण्डकी प्रदेश सदस्य कृष्ण चन्द्र पोख्रेलले सरकारले कांग्रेसका नेताहरुको नामको हस्पिटललाई सम्बोधन नदिएर नेपाली कांग्रेसको इतिहांसलाई मेटाउने काम गरेको आरोप लगाए ।

    कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले चुनावमा जनतालाई दिइएका आश्वासन कम्युनिष्ट सरकारले पुरा गर्ने तर्फ भन्दा सरकार भ्रष्ट्राचार र कमाउ धन्दामा लागेकाले खवरदारी गर्न आफुहरु सडकमा आएको बताए ।

    पोखराको चिप्लेढुंगाबाट शुरु भएको बिरोध र्याली न्युरोड, सभागृह चोक हुँदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...