News Portal

एस.एम.एस गरेपछि मात्र बैठक चलाउने महराको नियत पर्दाफास

हिमाली संचार संवाददाता
४५८ पटक

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अबरुद्ध संसदको बैठक सूचारु गर्ने बातावरण बनाउन कुनै पहल नगरेको बताएको छ । कांग्रेस सांसदले लगातार २ दिनसम्म बैठक अवरुद्ध गरेपछि संसदको अर्को बैठक ११ गते शुक्रबारसम्मका लागि स्थगित भएको गरिएको छ ।

सत्तापक्षसँग अहिलेसम्म संवादको वातावरण नै बन्न नसकेकाले यथास्थितिमा उक्त दिनको बैठक पनि चल्न नसक्ने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले अझैसम्म पनि सभामुख महराले संवादको वातावरण निर्माण गर्न नसकेको आरोप लगाए । उनले हाम्रोखबर सँग भने,‘भोली एक दिन बाँकी छ, सरकारसँग संवाद गराउने जिम्मा सभामुखको हो, सम्बाद हुन सकेन भने यथास्थितिमा बैठक चल्न सक्दैन ।’

कांग्रेसले पूर्व प्रधानमन्त्री एवं पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागिएको बिरोधमासंसदका दुवै सभाका बैठक अबरुद्ध गर्दै आएको छ । साथै अनसनरत डा. गाबिन्द केसीको मागलाई सम्बोधन गरेर चिकित्सा बिधेयक पारित गर्न पनि माग गरेको छ ।

सभामुख महराले पनि सरकार र प्रतिपक्षीदलका बीच संवाद गराउने पहल गरेको देखिदैन । महराका प्रेस संयोजक डिल्ली मल्लले दुइ पक्ष बीच छलफल गराउने विषयमा सभामुखले अहिलेसम्म केही भन्नु भएको छैन । उनले भने, ‘अझै भोली र पर्सी विहानसम्म समय छ, त्यस बीचमा हुनसक्ला ।’

नेम्बाङलाई आएको त्यो एसएमएस

सोमबार प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले आ–आफ्नो आसनबाट उठे । सभामुख महराले बस्न आग्रह गरेपनि उनीहरुले त्यसलाई अस्वीकार गरे । अनि कांग्रेसका उपनेता बिजयकुमार गच्छदारलाई बोल्न समय दिइयो । गच्छदार बोलीसकेपछि पनि कांग्रेस सांसदहरु उभिनै रहे । पटक पटक सभामुखले आग्रह गर्दा पनि कांग्रेसका सांसदहरु उभिरहे । ठूलो बैठकहल शान्त देखिन्थ्यो ।

यही बीच नेकपाका उपनेता सुभाष नेम्बाङ खल्तीबाट मोबाइल निकालेर हेर्छन र छेउमा बसेका अर्का सांसदलाई पनि देखाउँछन । कांग्रेस सांसद मिन बिश्वकर्माका अनुसार, त्यो एसएमएस सभामुख महराको थियो । एसएमएसमा सभामुख महराले अब के गर्ने भनेर नेम्बाङलाई सोधेका थिए । नेम्बाङले १५ मिनेटका लागि बैठक स्थगित गर्न सुझाएका थिए । त्यो एसएमएस पढ्दा अडियो लिक भयो र कांग्रेसका सांसद सभामुख महराप्रति आक्रोशित बनेका थिए ।

देउवा र पौडेलसँग गुहार

यसैबीच संसदको बैठक सुचारु गर्न सभामुख महराले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन । स्रोतका अनुसार, मंगलबार सभामुखले सभापति देउवासँग संसद बैठक सुचारु पारिदिन आग्रह गरेका थिए । तर देउवाले आफैं मिलाउनुहोस् भनी जवाफ दिएका थिए । यसैगरी बरिष्ट नेता पौडेलले आफू काठमाडौं बाहिर रहेकाले फर्किएपछि बसेर छलफल गरौंला भनेका थिए

 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...