News Portal

फोरमका अध्यक्षसहित ३ सय ५० जना कांग्रेसमा प्रवेश !

हिमाली संचार संवाददाता
४८० पटक

नेपाली काँग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको आयोजनामा मंगलबारको क्षत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार रहिसकेका मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेको समाचार छ । नेपाली काँग्रेस मुश्लीम संघ बाँकेको क्षेत्र नं १ नरैनापुरमा क्षेत्रीय आमसभामा बोल्दै केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले लोकतन्त्रको रक्षार्थ र जनताको हक अधिकारको सरक्षाका लागि नेपाली काँग्रेसलाई बलिायो बनाउन सबै मुश्लिमहरु एक जुट भएर अगाडि बढ्नुपर्ने समय आएको बताएका थिए ।

महिला संघकी पुर्ब केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डिला संग्रौलाले अब नेपाली काँग्रेसले संसद र सडकबाट आन्दोलन नगरि जनताको अधिकार सुनिश्चित नहुने बताइन् ।

कार्यक्रममा उपस्थित नेताहरु

यस्तै नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले मुस्लिमहरूको हक र अघिकार सुनिश्चत गर्ने नेपाली कांग्रेस नै मुस्लिमहरूको लागि उत्तम पार्टी भएको, नेपालकै इतिहासमा पहिलो पटक समावेश संविधान जारी भएको भन्दै मुस्लिमहरूको हक र अघिकार पार्टीमा काँग्रेसले सुनिश्चत गरेको विचार ब्यक्त गरे।

उक्त आमसभामा उमेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष सहित ३ सय ५० जना काँग्रेसमा प्रवेश गरे ।बाँकेको साविक क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार समेत रहिसकेका मनोज कुमार शर्मा लगायत रहेका छन् ।

यस्तै राप्रपाका रामानन्द शर्मा पनि काँग्रेसमा प्रवेश गरेका छन् । उनी नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए । काँग्रेसमा अन्य पार्टीका अगुवा कार्यकर्ताहरुको प्रवेश गर्ने लहड चलेपछि सिंगो क्षेत्र नै काँग्रेसमय हने स्थानीय नेताहरुले दाबी गरेका छन् । पछिल्लो समयमा नेकपा नेतृत्वको ओली सरकारले नेपाल र नेपाली जनताका समस्या समाधान गर्ने भन्दा ठूला कुरामात्र गर्दै हिह्डेको भन्दै काँग्रेस नै मुलुकलाई निकास दिने विकल्प भएको नवप्रबेशीहरुले प्रतिकृया दिएका छन् । उनीहरुले उपेन्द्र यादब केपी शर्मा ओलीको पीछलग्गु भएको र मधेशलाई धोका दिएको आरोप समेत लगाए ।
-सूर्यखबरबाट

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...