News Portal

तातो तेलमा डढेकी २२ महिने नाबालिकाको उपचारमा खर्च अभाव

हिमाली संचार संवाददाता
५३६ पटक

नवलपरासी : तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो ।

सिम्रौनकी आमा विष्णुमाया पौडेलले अहिलेसम्म ३ लाख खर्च भइसकेको बताउँदै अबको उपचार समस्या भएको बताइन्। कान्तिपुरसित पौडेलले भनिन्, ‘जुटेको पैसा र आफूसँग भएको सबै अस्पताललाई बुझाइसकियो अब गाह्रो भइसक्यो।’ उनका अनुसार अस्पतालले अझै ३ हप्ता उपचारमा राख्नुपर्ने बताएको छ।

गैंडाकोटको भृकुटीचोकमा ठेलागाडामा समोसा व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहारसहित शरीर डढेको छ। अहिले सिम्रौनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

बालिकाको उपचारका लागि आइतबार स्थानीय बासिन्दाले चन्दा संकलन गरेर ४१ हजार नगद सहयोग गरेका छन्। कावासोतीका एलएन दबाडीले घरदैलो गरेर ४१ हजार नाबालिकाको आमा विष्णुमायालाई दिएका हुन्। दबाडीका अनुसार स्थानीयले आर्थिक अवस्था कमजोर रहेका सिम्रौनको उपचारमा सहुलियत दिन समेत अस्पताललाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...