News Portal

संवैधानिक परिषद्को निर्णय : ५ आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं – संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

आइतबार सिंहदरबारमा बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको हो ।

परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आइतबारको बैठकमा उपस्थित भएनन् । परिषद् संदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संवैधानिक र कानूनी दृष्टिले निर्णय गर्नलाई बाधा नपर्ने भएकाले नामहरु सिफारिस गरिएको बताए ।

संवैधानिक परिषदले आयोगहरुका अध्यक्ष तथा सदस्यहरु नियुक्तका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । परिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...