News Portal

लोकतन्त्रको आवरणमा सामन्तवादी धन्दा मौलायो:? डा.केसी

हिमाली संचार संवाददाता
४२५ पटक

काठमाडौं– प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रकको आवरणमा पक्षपात र सामान्तवादी आचरण मौलाएको टिप्पणी गरेका छन् ।  सुदर्शन अर्याल ‘सितल’द्धारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा.केसीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘संसदमा ५५ वटा जोडीहरु छन्, समानुपातिकतर्फ पनि त्यस्तै नातावाद छ, समावेशीताको नाममा पनि भष्ट्रिकरण भएको छ, पदको लागि, राजदूतको लागि मन्त्रीको लागि खुल्ला भष्ट्रीकरण भएको छ, जनताले लोकतन्त्रको लागि जुन योगदान दिएका थिए, त्यो अनुरुपको शासन–सत्ता सञ्चालन नहुनु विडम्बना हो ।’

सहिदहरुको सपना र बलिदानअनुरुपको सत्ता सञ्चालन नभएको डा.केसीको आरोप छ । उनले भने, ‘सहिदहरुले किन रगत बगाए ? किन आफ्नो जीवन बलिदान दिए ? आज सहिदहरुको सपना अनुसारको शासन व्यवस्था सञ्चालन भैरहेको छ ? लोकतन्त्रमा योग्यता, जवाफदेहिता र पारदर्शीता हुन्छ, खै हाम्रो देशमा यसको स्थान कहाँ छ ? एकपटक श्रीमती अर्कोपटक श्रीमान मन्त्री, श्रीमती नभए श्रीमान सांसद, श्रीमान नभए श्रीमती सांसद, असली बाहुनकी श्रीमतीले जनजाति कोटाबाट सांसद पद हात पार्छन्, यस्तो पनि हुन्छ ? लोकतन्त्रको आवरणमा सामन्तवाद लादेका छन्, आवरण लोकतन्त्र आचरण सामन्तवादी छ ।’

प्रक्रियामात्रै लोकतन्त्र भएर देश र जनताले सुख नपाउने उनले बताए । उनले भने,‘पक्षपात, भ्रष्टाचार, आफन्तवाद, यस्ता विषयहरुले स्थान पाउने पनि लोकतन्त्र हुन्छ ? सुदर्शनजीले लेख्नुभएका विषयहरुसँग सम्बन्धित मैले तमाम पुस्तक लेखेको छु, आफु र आफन्तबाहेक अरु कोही छैन भन्ने खालको राजनीति गरिँदैछ, राजदूत पद किनबेच गर्ने देशका नागरिक हौं, यहाँ सांसद किनबेच हुन्छन्, जनताको आवाजहरु सुन्ने मानिस छैनन्, नेतृत्व छैन् ।’

कृतिकार सुदर्शन अर्याल ‘सितल’ को सभापतित्व रहेको कृति विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार अनिल योगीले राजनीतिक दलहरु बलियो बन्दैमा राज्य बलियो नबन्ने दाबी गरे ।  त्यस्तै कार्यक्रममा लेखक ‘सितल’ले उच्चारण गर्दा यस पुस्तकको नाम अप्रिय लागेपनि मुलुकको आन्तरिक सत्यता लोकतान्त्रिक सामन्तवाद नै भएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...