News Portal

  • लोकतन्त्रको आवरणमा सामन्तवादी धन्दा मौलायो:? डा.केसी

    हिमाली संचार संवाददाता
    ३३४ पटक

    काठमाडौं– प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्रकको आवरणमा पक्षपात र सामान्तवादी आचरण मौलाएको टिप्पणी गरेका छन् ।  सुदर्शन अर्याल ‘सितल’द्धारा लिखित पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा.केसीले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भने,‘संसदमा ५५ वटा जोडीहरु छन्, समानुपातिकतर्फ पनि त्यस्तै नातावाद छ, समावेशीताको नाममा पनि भष्ट्रिकरण भएको छ, पदको लागि, राजदूतको लागि मन्त्रीको लागि खुल्ला भष्ट्रीकरण भएको छ, जनताले लोकतन्त्रको लागि जुन योगदान दिएका थिए, त्यो अनुरुपको शासन–सत्ता सञ्चालन नहुनु विडम्बना हो ।’

    सहिदहरुको सपना र बलिदानअनुरुपको सत्ता सञ्चालन नभएको डा.केसीको आरोप छ । उनले भने, ‘सहिदहरुले किन रगत बगाए ? किन आफ्नो जीवन बलिदान दिए ? आज सहिदहरुको सपना अनुसारको शासन व्यवस्था सञ्चालन भैरहेको छ ? लोकतन्त्रमा योग्यता, जवाफदेहिता र पारदर्शीता हुन्छ, खै हाम्रो देशमा यसको स्थान कहाँ छ ? एकपटक श्रीमती अर्कोपटक श्रीमान मन्त्री, श्रीमती नभए श्रीमान सांसद, श्रीमान नभए श्रीमती सांसद, असली बाहुनकी श्रीमतीले जनजाति कोटाबाट सांसद पद हात पार्छन्, यस्तो पनि हुन्छ ? लोकतन्त्रको आवरणमा सामन्तवाद लादेका छन्, आवरण लोकतन्त्र आचरण सामन्तवादी छ ।’

    प्रक्रियामात्रै लोकतन्त्र भएर देश र जनताले सुख नपाउने उनले बताए । उनले भने,‘पक्षपात, भ्रष्टाचार, आफन्तवाद, यस्ता विषयहरुले स्थान पाउने पनि लोकतन्त्र हुन्छ ? सुदर्शनजीले लेख्नुभएका विषयहरुसँग सम्बन्धित मैले तमाम पुस्तक लेखेको छु, आफु र आफन्तबाहेक अरु कोही छैन भन्ने खालको राजनीति गरिँदैछ, राजदूत पद किनबेच गर्ने देशका नागरिक हौं, यहाँ सांसद किनबेच हुन्छन्, जनताको आवाजहरु सुन्ने मानिस छैनन्, नेतृत्व छैन् ।’

    कृतिकार सुदर्शन अर्याल ‘सितल’ को सभापतित्व रहेको कृति विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार अनिल योगीले राजनीतिक दलहरु बलियो बन्दैमा राज्य बलियो नबन्ने दाबी गरे ।  त्यस्तै कार्यक्रममा लेखक ‘सितल’ले उच्चारण गर्दा यस पुस्तकको नाम अप्रिय लागेपनि मुलुकको आन्तरिक सत्यता लोकतान्त्रिक सामन्तवाद नै भएको दाबी गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...