News Portal

भारतीय वेश्यालयमा युवती बेच्ने मुख्य नाइके पक्राउ

हिमाली संचार संवाददाता
५६४ पटक

काठमाडौँ : भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको आजको नेपाल समाचारपत्रमा खबर छ ।

अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले राईलाई धनकुटे रोडमा हिँडिरहेको अवस्थामा पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

अभियुक्त राईले विभिन्न क्षेत्रका टिन एजका युवतीलाई भारतमा राम्रो काम पाइने र दुःखबाट मुक्ति हुने भन्दै वेश्यालयमा लगेर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...