News Portal

परराष्ट्रलाई थाहै नदिई काठमाडौँका मेयर विद्यासुन्दर जापान उडे

७९७ पटक

सुरेन्द्र काफ्ले/काठमाडौं – निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।

परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाएको छ ।

परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो’, उनले भने, ‘हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’

उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेकोबारेमा बुझ्नु पर्ने बताए । ‘आज त योबारेमा बुझ्न सम्भव छैन, अब भोलि बुझौँला,’ प्रवक्ता कुबँरले भने ।

महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि हरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफूखुसी विदेश जान रोक लगाइसकेको छ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सरकारले विदेश जान अनुमति दिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिनाकारण विदेश सयरलाई रोक्न निर्देशन दिइसकेका छन् । मन्त्री, सांसद र स्थानीय तहका पदाधिकारीसम्मलाई परराष्ट्रको अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान उनले निर्देशन दिएका थिए । अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...