News Portal

  • परराष्ट्रलाई थाहै नदिई काठमाडौँका मेयर विद्यासुन्दर जापान उडे

    ७३६ पटक

    सुरेन्द्र काफ्ले/काठमाडौं – निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।

    परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाएको छ ।

    परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो’, उनले भने, ‘हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’

    उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य बिनाअनुमति जापान उडेकोबारेमा बुझ्नु पर्ने बताए । ‘आज त योबारेमा बुझ्न सम्भव छैन, अब भोलि बुझौँला,’ प्रवक्ता कुबँरले भने ।

    महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि हरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफूखुसी विदेश जान रोक लगाइसकेको छ।

    यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सरकारले विदेश जान अनुमति दिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिनाकारण विदेश सयरलाई रोक्न निर्देशन दिइसकेका छन् । मन्त्री, सांसद र स्थानीय तहका पदाधिकारीसम्मलाई परराष्ट्रको अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान उनले निर्देशन दिएका थिए । अन्नपूर्णबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...