News Portal

फागुन मसान्तभित्र कस्तो  कानून बन्छ ?

हिमाली संचार संवाददाता
५०६ पटक

लहान – उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको २९औँ स्मृति सभामा उनले आवश्यक कानूनको अभावमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले चुनावी घोषणापत्रलाई कार्यान्वय गरी मुलुकलाई समृद्ध मुलुक बनाउने उल्लेख गरे ।

समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने प्रतिबद्धता सरकारले पूरा गर्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले कमला सुनकोशी डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनको कामलाई अगाडि बढाएर तराइको उर्वर जमीनमा सिँचाइ गरेर किसानलाई खुशहाली दिने उद्घोष गरे ।

अङ्गीकृत नागरिकता बाँडेर नेपाली जनतालाई नै अल्पमतमा पार्ने पक्षमा आफूहरु नरहेको बताउँदै उनले भने, ‘अङ्गीकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ तर विदेशी बुहारीलाई भने अङ्गीकृत नागरिकता दिने निर्णय सरकारले गरिसकेका छ ।’

तराईमा अधिकांशले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सुझाब दिँदै उनले प्रदेश नं २ मा हिन्दी भाषालाई प्रवेश गराएर आफूहरुले नमान्ने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...