News Portal

  • झलनाथ खनालले भने-सदनभित्र विपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्छ

    हिमाली संचार संवाददाता
    ४१६ पटक

    नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले सदनभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने बताएका छन्।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले संसदको मर्यादा र नियमवालीभित्र रहेर प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने बताएका हुन्। उनले सदनमा मुख्य भूमिका प्रतिपक्षीकै हुने भन्दै प्रतिपक्षीको भावनालाई सम्मान गर्नुपर्ने तर्क गरे।

    खनालले संसदमा रहेको विधिअनुसार सबैले आफ्नो धारणा राख्न पाउने बताए। उनले प्रतिपक्षीले सदनलाई गतिदिन सक्नुपर्ने बताउनुभयो । वाइडबडीको विषयमापनि प्रक्रिया अघि बढिरहेको भन्दै हत्तारिने अवस्था नरहेको उनले बताए।

    यसैगरी, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदनमा प्रश्न गर्ने दिने वा नदिने भन्ने अधिकारी सभामुखलाई भएपनि लोकतान्त्रिक पद्धती अनुसार सदनमा खुल्ला बहस हुनुपर्ने तर्क गरे।

    यस्तै, कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर, विपक्षीलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहारका कारण विरोध गर्नु परेकाे बताए। सार्वजनिक महत्वको वक्तत्वमा प्रश्न गर्न नदिनु संसदको मर्यादाको हनन भएको उनको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...