News Portal

बुर्जुवा शिक्षा बहिष्कार गरौँ’ भन्ने नेताका छोरा/छोरी युरोप अमेरिकामा उच्च शिक्षा हासिल गर्दै

हिमाली संचार संवाददाता
५६२ पटक

कर्ण अधिकारी नुवाकोट
समय फेरीयो माओबादीका नेताहरूको बिचार फेरीए।कोही माओबाद त्याग गरी नयाँ शक्ति बने भने कोही नेकपा बने आखिर जो जे जे बने पनि कम्युनिष्टका झुण्ड नै हुन रंग मात्र बदलिएका हुन स्वाद भने एकै किसिमको छ।

बिभिन्न पार्टीको नाममा आफ्नो पद र प्रतिष्ठालाई स्थापित गराउन सबै लागी परेका छन्।मैले कयौ पटक कम्युनिष्टका बिषयमा कलम चलाउदिन भनेर आफूलाई काबुमा राख्न खोजे तर जति खेर उनीहरूको ब्यबहार सतहमा छर्लङ देखिन्छ अनि आफुलाई कन्ट्रोल नै गर्न सक्दिन र लेख्न बाध्य हुन्छु।

कुनै बेला बुर्जुवा शिक्षाको काम छैन यसका बिरूद्धमा जनबादी शिक्षा लागु गर्नु पर्छ भन्दै तत्कालिन माओबादीले साना साना ५र७ कक्षामा पढ्ने भाई बहिनीहरूलाई किताबको ठाउँमा बम बारूद र हतियार थमाएका थिए।

आज समय फेरीयो १० बर्षे जनयुद्ध रोकियो।नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउछु भन्ने माओबादीका बागडोर सम्हाल्नेहरूलाई २०७० सालको संबिधान सभा चुनावमा जनताले पाखा लगाई दिए।जसको परीणाम २०७४ सालको प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धन गर्ने नाममा कमरेड प्रचण्ड लगाएतका नेताहरूले माओबादी केन्द्रलाई बिसर्जन गरे।

आज हामीले माओबादी केन्द्र खोई भन्दा इतिहासको पानामा मात्र सिमित भएको पाउदछौ।जनतालाई थर्कमान बनाएको माओबादी अन्त्येमा आफै थर्किएर बिलय भई दियो।

हिजोका दिनमा किताब कलम फ्यालेर जनयुद्धमा होमिएका भाई बहिनीहरू आज युवा भई सकेका छन।आज उनीहरू संग न त शिक्षा छ न त बन्दुक नै।न त उनीहरूलाई माओबादीले पत्यायो न त सरकारले नै कति त अयोग्य लडाकु ठहरीएर रूदै रूदै शिबिरबाट बाहिरीए।

यति खेर कोही खाडीमा पसिनासंग पैसा साटि रहेका छन भने कोही बम बारूद र गोलीको चोट शरीरमा बोकेर आमरण अनसन बसी रहेका छन् तर ती हिजोका दिन बुर्जुवा शिक्षाको संज्ञा दिनेहरूका छोरा छोरीहरू युरोप अमेरीकामा उच्च शिक्षा हासिल गर्दैछन्।

आखिर बुर्जुवा शिक्षा भन्नेहरूले आफ्नालाई चाँहि युरोप अमेरीकामा नै पढाउनु रहेछ भने बिचरा ती ५२र५३ सालमा ५र७ कक्षामा पढ्नेलाई किन बाध्य बनायौ बन्दुक बोक्नलाई रु केही दिन अगाडी सामाजिक संजाल फेसबुकको भित्तामा कमरेड जनार्दन शर्मा र कमरेड देबेन्द्र पौडेलका छोरीहरूले अमेरीकाको युनिभर्सिटीबाट स्नातकोत्तर पुरा गरेको तस्बिरहरू भाईरल भए।स्नातकोत्तर पास गर्नेमा जनार्दनको छोरी काब्यता गौतम र देबेन्द्रको छोरी गरीमा पौडेल हुन्।

त्यसै गरी पूर्ब गृहमन्त्री कमरेड शक्ति बस्नेतको छोरी संगम पनि अमेरीकामै अध्ययनरत छिन्।त्यसै गरी नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको छोरी पनि भारतमै पढेकी हुन।

बर्तमान समयमा नेताको छोरा छोरीले युरोप अमेरीका पढ्यो भनेर मेरो कुनै गुनासो होईन तर जनबादी शिक्षा लागु गर्छु भन्ने कमरेडहरूले आफ्ना सन्ततिका लागि किन बुर्जुवा शिक्षा रोजे भन्ने हो।एउटा कुरामा चाँहि कमरेड प्रचण्डलाई म मान्दछु।

उहाँले जनयुद्धमा आफ्ना छोरा छोरीलाई आफैसंग हिडाए।कही कतै बिदेश पढ्न पठाएनन्।के त्यो युद्धमा होमिएका भाई बहिनीहरूको आत्माले यो कुरालाई सहजै पचाउला त रु आज न त शिक्षा छ न त शीप छ बेरोजगार भएर घरको न घाटको भई रहदा पक्कै पनि पछुतो चाँहि लागेकै हुनु पर्छ।

माओबादीमा कोही रहरले लागे,कोही बाध्यता र बिबशताले लागे होलान तर आज ५२ देखि ७४ साल सम्म आई पुग्दा न त रहयो माओबादी न त रहयो माओबाद सबै बिदेशबाट आयतित हुन २२र२३ बर्ष पछि माओबादलाई उतै तिर नै फर्काई दिए।

बिगतमा माओबादीका नेताहरूले ती कलिला बाल मस्तिष्कलाई नभुटेको भए कोही भाई बहिनी यति खेर डाक्टर,ईन्जिनियर साथै मास्टर भएर बस्थे होलान तर दुर्भाग्य ती भाई बहिनी आज कोहि परदेशमा छन त कोही नेपालै तड्पिएर बाँचि रहेका छन्।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...