News Portal

गाउँगाउँ पुग्छ भनिएको सिंहदरबार बाटोमै हरायोः विक्रम पाण्डे

हिमाली संचार संवाददाता
४८२ पटक

भक्तपुर – राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले संविधान अन्तर्गतका शासकीय संरचनाले जनताको हित गर्न नसकेको बताएका छन् ।

‘सिंहदरबार गाउँ गाउँ पुग्छ भनिएको थियो तर सिहदरबार बाटोमै हराएको छ । संघीय सरकार, प्रदेश र स्थानीय सरकार गन्तव्यहिन दिशामा अघि बढेको कारण संघीयता नै असफल हुने अवस्था छ,’ पाण्डले स्वर्गीय सुरेन्द्र प्रताप शाहको चौथो स्मृति सभालाई सम्बोधन गर्दै भने ।

राप्रपाहरुको एकता प्रयासको सन्दर्भमा उपाध्यक्ष पाण्डेले पहिले जस्तो हतार गरेर पछुताउनुभन्दा सम्पूर्ण व्यवस्था मिलाएर एकीकरण प्रक्रिया सम्पन्न गर्नु उपयुक्त हुने बताए । एकता प्रक्रिया जारी रहेको, काम भइरहेको समेत जानकारी गराए ।

राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री सगुन सुन्दर लावतीले सम्वद्र्धनवादी उदारवाद अन्तर्गत ऐतिहासिक संस्था, संरचना, मूल्य मान्यता र बजारमुखी अर्थतन्त्रको आधारमा परिवर्तनको आकांक्षा सम्बोधन गर्नुपर्दछ भन्ने अवधारणा सान्दर्भिक र कालजयी रहेको बताए ।

नेपाली कांग्रेसमा सनातन हिन्दु राष्ट्र सम्बन्धी छलफल, बहस आरम्भ हुनु र पूर्वमाओवादी लडाकूहरुले राजसंस्थाको माग गर्नु त्यसैको ज्वलन्त प्रमाण भएको लावतीले बताए ।

राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रवीन्द्र प्रताप शाहले स्वर्गीय नेता सुरेन्द्र प्रताप शाहले दलको आधारमा नभएर सबै जनतालाई समान व्यवहार गर्ने गरेको स्मरण गरे । यद्यपि निर्वाचित जनप्रतिनिधिहरु पूर्वाग्रही ढंगले कार्य गरीरहेको कारण जनताले दुख पाएको, विकासबाट विमुख भएको बताए ।

कार्यक्रममा सहायक महामन्त्री रविन चाम्लिङ, केन्द्रीय सदस्य रामेश्वर थापा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, जिल्ला समन्वय समितिका सभापति नवराज ज्ञेलाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...