News Portal

गाउँगाउँ पुग्छ भनिएको सिंहदरबार बाटोमै हरायोः विक्रम पाण्डे

हिमाली संचार संवाददाता
४५७ पटक

भक्तपुर – राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले संविधान अन्तर्गतका शासकीय संरचनाले जनताको हित गर्न नसकेको बताएका छन् ।

‘सिंहदरबार गाउँ गाउँ पुग्छ भनिएको थियो तर सिहदरबार बाटोमै हराएको छ । संघीय सरकार, प्रदेश र स्थानीय सरकार गन्तव्यहिन दिशामा अघि बढेको कारण संघीयता नै असफल हुने अवस्था छ,’ पाण्डले स्वर्गीय सुरेन्द्र प्रताप शाहको चौथो स्मृति सभालाई सम्बोधन गर्दै भने ।

राप्रपाहरुको एकता प्रयासको सन्दर्भमा उपाध्यक्ष पाण्डेले पहिले जस्तो हतार गरेर पछुताउनुभन्दा सम्पूर्ण व्यवस्था मिलाएर एकीकरण प्रक्रिया सम्पन्न गर्नु उपयुक्त हुने बताए । एकता प्रक्रिया जारी रहेको, काम भइरहेको समेत जानकारी गराए ।

राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री सगुन सुन्दर लावतीले सम्वद्र्धनवादी उदारवाद अन्तर्गत ऐतिहासिक संस्था, संरचना, मूल्य मान्यता र बजारमुखी अर्थतन्त्रको आधारमा परिवर्तनको आकांक्षा सम्बोधन गर्नुपर्दछ भन्ने अवधारणा सान्दर्भिक र कालजयी रहेको बताए ।

नेपाली कांग्रेसमा सनातन हिन्दु राष्ट्र सम्बन्धी छलफल, बहस आरम्भ हुनु र पूर्वमाओवादी लडाकूहरुले राजसंस्थाको माग गर्नु त्यसैको ज्वलन्त प्रमाण भएको लावतीले बताए ।

राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रवीन्द्र प्रताप शाहले स्वर्गीय नेता सुरेन्द्र प्रताप शाहले दलको आधारमा नभएर सबै जनतालाई समान व्यवहार गर्ने गरेको स्मरण गरे । यद्यपि निर्वाचित जनप्रतिनिधिहरु पूर्वाग्रही ढंगले कार्य गरीरहेको कारण जनताले दुख पाएको, विकासबाट विमुख भएको बताए ।

कार्यक्रममा सहायक महामन्त्री रविन चाम्लिङ, केन्द्रीय सदस्य रामेश्वर थापा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, जिल्ला समन्वय समितिका सभापति नवराज ज्ञेलाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...