News Portal

प्रहरीले थाल्यो रातभरि थुन्ने अभियान !

हिमाली संचार संवाददाता
५५९ पटक

नेपालगञ्ज : कोहलपुरमा चोरीका घटना बढ्न थालेको भन्दै प्रहरीले ‘रातभरि थुन्ने अभियान’शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्न थालिएको हो ।

‘लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौं, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भने, ‘भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौँ ।’

प्रहरीले चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न तीन टोली परिचालन गरेको छ । जस्मा दुई ‘क्यूआरटी’र एउटा नियमित गस्ती टोली छ ।

अभियान चलाउँदा दैनिक पाँच-छ जना नियन्त्रणमा परिरहेको उनले बताए । राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति हिँडेको फेला परे कारवाही गरिने भएको छ ।

जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । ‘रातभरि राखेर बिहान छोडेपछि  फेरि भेटिएमा कारवाही गर्ने चेतावनी दिएर छोड्ने गरेका छौँ, ‘ प्रवक्ता विसीले भने, ‘हामीले पुराना चोरीको अभियोग लागेका व्यक्ति  पनि खोजी गरिरहेका छौँ । रासस

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...