आज : २०२६-१०-०३, शनिबार

मकवानपुरगढी–२ मा श्रम संस्कृति पार्टीको १३ सदस्यीय वडा तदर्थ समिति गठन

मकवानपुर । श्रम संस्कृति पार्टीले मकवानपुरगढी गाउँपालिका–२ मा १३ सदस्यीय वडा तदर्थ समिति गठन गरेको छ।
श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष धुरप्रसाद दाहालको सभाध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य सुन्दर लामाको प्रमुख आतिथ्यमा समिति गठन गरिएको हो। कार्यक्रममा केन्द्रीय सदस्य मन्दिरा मुक्तान विशिष्ट अतिथिका रूपमा सहभागी थिइन् भने जिल्ला सचिव युवराज राईले कार्यक्रमको सहजीकरण गरेका थिए।
सन्ध्या रुम्बाको अध्यक्षतामा गठित वडा तदर्थ समितिको उपाध्यक्षमा सुनिता थिङ, सचिवमा लक्ष्मण थिङ, उपसचिवमा मीरा रुम्बा, कोषाध्यक्षमा मनमाया श्याङ्तन र प्रवक्तामा निर्मला थिङ चयन भएका छन्।
त्यस्तै, समितिका सदस्यहरूमा मिना घलान, ज्योति योञ्जन, इन्द्रबहादुर योञ्जन, सुनमाया थोकर, राधिका श्याङ्तन र निर्मला बिका रहेका छन्।
मकवानपुरगढी गाउँपालिका–२ मा पार्टीको वडा तहको संगठनलाई व्यवस्थित गर्दै स्थानीयस्तरमा पार्टीका गतिविधि विस्तार गर्ने उद्देश्यले तदर्थ समिति गठन गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
पार्टीले स्थानीय तहमा संगठन विस्तारसँगै जनसम्पर्क, जनजागरण तथा श्रम अभियानलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।