आज : २०२६-०९-०२, बुधबार

मिनिल्याण्ड स्कुल द्वारा १ लाख भन्दा बडि राहत सहयोग

मोरङको रङ्गेली–७ स्थित मिनिल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले रु. १ लाख ३९ हजार ४२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पीडामा मलम लगाउने उद्देश्यले

विपद्का कारण घरबार, धनसम्पत्ति तथा आफन्त गुमाएका परिवारलाई सहयोग गरेको छ । विद्यालयले बिधालयमा अध्यनरत छात्र, छात्रा,  शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट रकम संकलन गरेर प्रधानमन्त्री राहत काेषमा उक्त रकम पठाएको छ ।

विद्यालयले विद्यार्थीबाट रु. ४० हजार ५४, शिक्षक तथा कर्मचारीबाट रु. ५० हजार ४८८ र विद्यालयको तर्फबाट रु. ४८ हजार ५०० गरि जम्मा   १ लाख ३९ हजार ४२ रुपैयाँ रकम सङ्कलन गरेर प्रधानमन्त्रीकाे राहत काेषमा पठाएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

समाचार तयार पारिदनुहाेला