~ श्रीराम बस्याल ‘स्वरुप’
के तिमिलाई बरालिएर हिडेजस्तो लाग्छ ?
कहिले पुर्व पुग्ने,
कहिले पश्चिम पुग्ने,
कहिले मालेमावाद भन्ने त कहिले एकीकृत जनक्रान्ति भन्ने।
कहिले त्यो झुपडीमा ओत लगाउन पुग्ने,
कहिले त्यो महलको छानो गोड्न पुग्ने
कहिले ती गरिब बस्तिहरुमा रात बिताउने
श्रमदान गर्दै हिड्ने
के तिमिलाई खान नपाएर हो जस्तो लाग्छ ?
राज्य सत्ता बिरुद्ध बोल्ने,
बिद्रोहका आवाज उठाउने,
दलालहरुलाई लखेट्ने,
वर्गीय मुक्ति बाट जातीय मुक्ति खोज्ने
शिक्षालाई श्रमसँग जोड्न माग गर्ने,
श्रमजीवी बर्गलाई जनता मान्ने,
श्रमजीवी र बुद्धिजीवीलाई एकै ठाउँ राख्नुपर्छ भन्ने,
पुँजिवादी चरित्र बिरुद्ध धावा बोल्ने
के तिमीलाई अझै शंका लाग्छ ?
हाम्रा परिवार छैनन ?
रहर हरु छैनन ?
भविष्यहरु छैनन ?
ईच्छा आकांक्षाहरु छैनन ?
बैचारिकता छैनन ?
हो यी सबै त्यागेर हामि बरालिएर नै हिडेको,
केही घुमाउरो हुन सक्ला तर दरिलो
बाटो चयन गरेको,
ब्यक्तिगत ईच्छा आकांक्षालाई तिलांजली दिएर
सर्वहारा वर्गको रातो झण्डा फर्फराउने
कसम खाएको।
के तिमीलाई अझै मजाक लाग्छ ?
बैचारिकताबाट स्खलित भएपछि,
दलालीमा रुपान्तरण भएपछि ,
र हाम्रो बिरुद्धमा लगातार धावा बोलेसि,
परिवर्तन बिरुद्ध लाग्ने र एक्लै लुट मच्चाउने,
तिम्रो घाँटी निमोठेसि हाम्रो लक्ष्य पुरा हुन्छ।।