News Portal

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

७१ पटक

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ। नगरपालिकाभित्र रहेका आदर्श माध्यमिक विद्यालय, पब्लिक उच्च माध्यमिक विद्यालय, निचामारी प्राथमिक विद्यालय, जनता माध्यमिक विद्यालय आम्तोला, रत्न माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय, महालक्ष्मी माध्यमिक विद्यालयलगायत ३० वटा विद्यालयका बालकक्षामा अध्यापन गराउने शिक्षिकाहरूलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो।

तालिममा कागजबाट विभिन्न शैक्षिक सामग्री निर्माण गरी बालबालिकालाई सहज र प्रभावकारी रूपमा अध्यापन गराउने सीप सिकाइएको थियो। कार्यक्रममा सरस्वती सत्याल, शिक्षा शाखाका सुनिलकुमार साह, मनकामना सीप विकास तथा तालिम केन्द्रका प्रमुख प्रशिक्षक कमला न्यौपाने र भावना खवासलगायतको उपस्थिति रहेको थियो।

सहभागी शिक्षिकाहरूले तालिम उपयोगी भए पनि समय अझै पर्याप्त नभएको प्रतिक्रिया दिएका छन्। उनीहरूले थप लामो तालिम भएमा बालबालिकालाई अझ प्रभावकारी सिकाइ दिन सकिने बताए।

कार्यक्रम रंगेली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...