News Portal

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

६८ पटक

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। विश्वविद्यालयले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने अभियान अन्तर्गत यस्तो निर्णय गरेको हो।

त्रिविको सामान्य प्रशासन महाशाखाका अनुसार वैशाख ४ गते सार्वजनिक सूचना जारी गरेपछि १८ वटा संघ, संस्था तथा संगठनलाई छुट्टाछुट्टै पत्र पठाइएको छ। सोही सूचीमा नेपाल क्रिकेट संघ (क्यान) पनि परेको जनाइएको छ।

महाशाखा प्रमुख राजबहादुर राईले जग्गा खोजबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार कीर्तिपुर क्षेत्रमा ठूलो परिमाणमा जग्गा अतिक्रमण भएको निष्कर्षपछि यस्तो कदम चालिएको हो।

त्रिविका एक अधिकारीका अनुसार क्यानसँगको हालको सम्झौता यही महिनाको अन्त्यमा सकिँदैछ र यसपटक सम्झौता नवीकरण नगर्ने मनस्थितिमा विश्वविद्यालय रहेको छ। क्रिकेट प्रतियोगिताका कारण शैक्षिक गतिविधिमा असर परेको भन्दै मैदान आफ्नै उपयोगमा ल्याउने योजना बनाइएको छ।

यता, क्यानका प्रवक्ता छुम्बी लामाले भने आफूहरूलाई अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त नभएको बताएका छन्। त्रिविका अधिकारीहरूले भने सार्वजनिक बिदाका कारण पत्र ढिला पुगेको हुनसक्ने बताएका छन्।

क्यानको बोर्ड बैठकले भने सम्झौता अवधि थप गर्न सरकारसमक्ष पहल गर्ने निर्णय गरिसकेको छ। राष्ट्रिय खेलकुद परिषद् मार्फत सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको छ।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालामा रूपान्तरण गर्ने गुरुयोजना स्वीकृत गरिसकेको छ। तर अहिलेको निर्णयले उक्त योजना अन्योलमा पर्ने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...