News Portal

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

७० पटक

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। दलको नेतामा सर्वसम्मत चयन गर्ने उद्देश्यसहित भोलि साँझसम्मका लागि प्रक्रिया रोकेको पार्टीले जनाएको छ। सहमति जुट्न नसके नयाँ कार्यतालिका सार्वजनिक गरी चयन प्रक्रिया अघि बढाइने बताइएको छ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे पनि सहभागी छन्। उक्त टोलीले आइतबारसम्म दलको नेता चयन गर्ने लक्ष्य राखेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार अहिले पनि विधान संशोधनबारे छलफल जारी छ। उनले आइतबारसम्म नेपाली कांग्रेसले संसदीय दलको नेता पाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...