News Portal

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

१७५ पटक

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म पार्टीभित्र वा सत्ता गठबन्धनमा कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिलेको प्राथमिकता सभामुख चयनको प्रक्रिया टुंग्याउनु रहेको बताए।

लामिछानेले उपसभामुखका लागि कुनै पनि व्यक्तिको नाममा छलफल अघि नबढेको उल्लेख गर्दै पहिले सभामुख चयन भएपछि मात्र यसबारे छलफल हुने बताए। उनले उपसभामुख चयन गर्दा संविधान, संसदीय अभ्यास र व्यवहारिक पक्षलाई ध्यानमा राखिने संकेत पनि गरे।

हाल उपसभामुखको विषयमा विभिन्न चर्चा भए पनि रास्वपाले त्यसबारे औपचारिक धारणा नबनाएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...