News Portal

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

५७ पटक

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

आइतबार पक्राउ परेका खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसलगत्तै स्वास्थ्य समस्या देखिएपछि सोमबार बिहान करिब ३ बजे उनलाई अस्पताल पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ। हाल उनी अस्पतालको १०२९ नम्बर बेडमा उपचार गराइरहेका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलनसँग जोडिएको घटनामा खड्काको घरबाट भेटिएको रकमबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। उक्त रकम जलेको अवस्थामा फेला परेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस विषयमा थप अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका अंश तथा वरपरको खरानी संकलन गरिसकेको छ।

यसै प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हाल सोही अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत रहेका छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...