News Portal

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

१७७ पटक

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद वस्तु प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

स्थानीयका अनुसार बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेटअगाडि रातो कपडाले बेरिएको वस्तु देखिएपछि त्रास फैलिएको थियो। तत्कालै सुरक्षाकर्मीलाई खबर गरिएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो।

प्रहरीले बिहान ८:५० बजे उक्त वस्तु नष्ट गरेको जनाएको छ। जाँचका क्रममा ४ लिटरको रङ्गको बाल्टिनभित्र बालुवा, तार र प्लास्टिक फेला परेको बताइएको छ। घटनापछि सो क्षेत्रको अवस्था सामान्य रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...