News Portal

मलंगवामा मतदान अधिकृतको निधन

१४८ पटक

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार माधव नारायण नगरपालिका–६, रौतहटका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको मंगलबार निधन भएको हो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार दिउँसो करिब २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

महतो हाल सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए।

उनको निधनबारे प्रादेशिक अस्पतालका एक प्रहरी कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ। घटना भएको जिगडवा आधारभूत विद्यालय मतदान केन्द्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्व दिशामा पर्छ।

मृत्युको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको र पोस्टमार्टमपछि मात्र यकिन कारण खुल्ने चिकित्सकहरूले बताएका छन्। शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ भने परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...