News Portal

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

१७८ पटक

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

हिमाली सञ्चारका अनुसार अधिकारीलाई सोमबार साँझ चन्द्रागिरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार अधिकारीले २१ फागुनमा अनिष्ट योग परेको भन्दै चुनाव हुन नसक्ने दाबी गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। हाल उनी प्रहरी हिरासतमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...