News Portal

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

२०४ पटक

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका सुरक्षा निकायले ठूलो मात्रामा निष्क्रिय बनाएको जनाइएको छ। स्थानीय आधिकारिक सञ्चारमाध्यमका अनुसार हिजोसम्म ९७ वटा मिसाइल र २८३ वटा ड्रोन कुवेती सैनिकबलले अवरोध गरी निष्क्रिय पारेका छन्।

उक्त आक्रमणका क्रममा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने विभिन्न स्थानमा गरी ३२ जना घाइते भएका छन्। घाइतेहरूको उपचार सम्बन्धित अस्पतालहरूमा भइरहेको जनाइएको छ।

कुवेतका नागरिक रक्षा महानिर्देशक ब्रिगेडियर जनरल मोहम्मद अल-मन्सौरी का अनुसार सोमबार पनि कुवेतको उत्तरी क्षेत्रमा गरिएको हवाई आक्रमणलाई सशस्त्र बलहरूले सफलतापूर्वक विफल पारेका छन्। देशभर सुनिएका विस्फोटहरू शत्रुतापूर्ण ड्रोन र क्षेप्यास्त्रहरूलाई अवरोध गरेपछि भएको परिणाम भएको उनले स्पष्ट पारे।

उनले साल्वा र रमौतिया क्षेत्र नजिकै शत्रुतापूर्ण हवाई आक्रमण रोकिएको जानकारी दिँदै अहिलेसम्म थप कुनै ठूलो क्षतिको विवरण नआएको बताए।

क्षेत्रीय शक्तिहरूबीच बढ्दो तनावका कारण सुरक्षा सतर्कता उच्च पारिएको छ। मध्यपूर्वमा विकसित घटनाक्रमले थप अस्थिरता निम्त्याउन सक्ने संकेत देखिएको भन्दै स्थानीय प्रशासनले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...

आज २०८३ साल वैशाख ३ गतेको राशिफल

आज वैशाख ३, २०८३ ( अप्रिल १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...